गायिका एन्जिला रेग्मी, गायक प्रताप दास र मिस्टर आरजे द्वारा स्वरबद्ध नयाँ गीत सार्वजनिक भएको छ । डिपी खनालको शब्द र भिम बिसीको संगीत रहेको ‘प्रेमीका’ बोलको गीत केही बेर अघि यूटुव मार्फत सार्वजनिक भएको हो ।
युवा प्रेम लक्षित यस गीतमा सपनाको देश अमेरिका घुम्न जान अनुरोध गरिएको छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीतमा रियाशा दाहाल, बद्री बिष्ट र अन्य कलाकारहरुको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन रहेका भिडियोलाई मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
प्रतिक्रिया