US Khabar

विधान कार्कीको निर्देशनमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको “यो तिहारमा घरमै नाचिन्छ” सार्बजनिक

- Admin | २ वर्ष पहिले प्रकाशित

विधान कार्कीको  निर्देशनमा रामचन्द्र काफ्ले र  जुनु रिजाल काफ्लेको “यो तिहारमा घरमै नाचिन्छ” सार्बजनिक

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको तिहारसँग सम्बन्धित गीत सार्वजनिक भएको छ । ‘यो तिहारैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रामचन्द्र काफ्लेको संगीत र सरोज लामाको संगीत संयोजन रहेको गीतमा राजकुमार बगरको शब्द छ ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । सुधिर श्रेष्ठ, चक्र बम, गरिमा शर्मा, बसन्त अधिकारी, अस्मिता पन्त, रुबिना अधिकारी, पल्पसा डंगोलले भिडियोमा अभिनय गरेका छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, माधव शर्माको सहायक निर्देशन छ । भिडियोका कार्यकारी निर्माता रायन रेज हुन् ।

भिडियो रामचन्द्र काफ्लेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!