बागलुङ भगवती मन्दिरमा लाग्ने प्रसिद्ध मेला कोरोना संक्रमण फैलिने डरले स्थगित भएको छ । सरकारले लकडाउन गरेपछि प्रत्येक रामनवमीमा लाग्ने गरेको मेला स्थगित गर्नुपरेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । यसअघि अहिलेसम्म मेला स्थगित भएको इतिहास छैन ।
४ सय ८५ वर्षपछि बागलुडकै इतिहासमा पहिलो पटक परम्परागत मेला स्थगित भएको छ । पहिला मन्दिरको नाम आजभोलि जस्तो कालिका भगवतीभन्दा पनि जनबोलीमा माइथान भन्ने चलन थियो । प्रायले माइथान भन्थे ।
यसपटक गुठीले देवीभागवत पाठसहित १० दिन मेला सञ्चालन गरी रथ बागलुङ बजार घुमाउने कार्यक्रम तय गरेको थियो । अध्यक्ष खड्काको नेतृत्वमा भौतिक सुधारका धेरै काम भएको मन्दिरमा टाढाटाढाबाट धेरै भक्तजन आउने गरेका थिए ।
परम्परागत मेलालाई गुठीले विसं २०६९ औपचारिक रूपमा दिन थालेको हो । गुठीले सुरुमा ५ दिन हुँदै पछि १० दिनको व्यवस्थित मेला मन्दिरको बाल–उद्यानमा आयोजना गर्दै आएको थियो । त्यसअघि बागलुङ उद्योग वाणिज्य संघले २०४९ सालदेखि बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा मेला गर्दै आएको थियो ।
प्रतिक्रिया