गायक गुणराज श्रेष्ठको नयाँ गीत दोबाटोमा चौतारी सार्वजनिक भएको छ । सुषमा देवकोटाको शब्द र सुवास भुसालको संगीत रहेको यो गीत गायक गुणराज र गायिका अस्मिता अधिकारीको युगल आवाजमा आईतबार भिडियो सहित सार्वजनिक भएको हो ।
ग्रामिण परिभेष र टिपिकल नेपाली शब्दको प्रयोग भएको गीतमा टिकटक मार्फत लोकप्रियता हासिल गर्दै कलाकारितामा प्रवेश गरेका मोडल सुधिर श्रेष्ठ, पछिल्लो समयकी ब्यस्त मोडल श्रृष्टी खड्का र गायक श्रेष्ठको अभिनय रहेको छ ।
उदयराज पौडेलको संगीत संयोजन रहेको दोबाटोमा चौतारी गीतको भिडियोलाई निसान कस्यपले निर्देशन तथा सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी र उत्सव दाहालको छायांकन रहेको यस गीत गायक गुणराज श्रेष्ठको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
नेपाली कला क्षेत्रमा पछिल्लो समय सफल सांगीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएका गुणराज श्रेष्ठका यस अघि सार्वजनिक हल्ला धेरै भो, घार्र घुर्र, पिरतीमा, निष्ठुरीले, निवेदन लगायतका गीतहरुलाई स्रोता दर्शक र संगीतकर्मीले प्रशंसा सहित रुचाउँदै आएका छन् ।
प्रतिक्रिया