गत नोभेम्बर ३ मा भएको राष्ट्रपतिय चुनावमा हार बेहोरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्ने बताएका छन् । बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका हुन् ।
राष्ट्रपतिय चुनावको अन्तिम घोषणा इलेक्टरल कलेजले गर्ने गर्दछ । अमेरिकी राष्ट्रपतिको चुनाव गर्न अपनाइने पद्धतिअनुसार बाइडेनले अहिलेसम्म ३०६ र ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । यस आधारमा ट्रम्प भन्दा बाइडेन बाइडेन ६० लाख मतले अघि छन् । यस परिणामका आधारमा नयाँ राष्ट्रपतिको अन्तिम घोषणा डिसेम्बरको बैठकमा हुनेछ । अमेरिकी इलेक्टरल कलेजले बाइडेनको जितको पुष्टि आउँदो १४ डिसेम्बरमा गर्नेछ ।
यो घोषणाको करिव १ महिना पछि अर्थात २० जनवरीका दिन नव निर्वाचित राष्ट्रपति बाइडेनले शपथ गह्रण गर्ने कार्यक्रम रहेको छ ।
यता हार बेहोरेका ट्रम्पले भने चुनावमा धाँधली भएको कुरा दोहोर्याउँदै पत्रकारहरुसंग आफुलाई यो कुरा स्वीकार गर्न कठिन भएको तर आफु यसका लागि तयार गरेको बताएका छन् ।
यस अघि नै ट्रम्पले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको टिमलाई औपचारिक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न अनुमति दिन सहमति जनाएका थिए ।
प्रतिक्रिया