US Khabar

भूकम्पपछिको आर्तनाद र आशाको दस्ताबेज पत्रकार किशोर पन्थीको ‘कम्पन’ अब अडियो बुकमा पनि

- Admin | २ वर्ष पहिले प्रकाशित

भूकम्पपछिको आर्तनाद र आशाको दस्ताबेज पत्रकार किशोर पन्थीको ‘कम्पन’ अब अडियो बुकमा पनि

पत्रकार किशोर पन्थीद्धारा लिखित पुस्तक कम्पन अडियो बुकका रुपमा आएको छ । २०७२ सालमा नेपालमा गएको बिनासकारी भूकम्पपछिको आर्तनाद र आशाको जिवन्त दस्तावेज बताईएको यस पुस्तकको अडियो बुक बिहिबार सार्वजनिक भएको हो ।

कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियो बुक बन्न सफल यस अडियो पुस्तकको उत्पादन फरेस्ट सोबलले गरेकी हुन् जसले लामो समयदेखि अडिबलमा पुस्तक उत्पादन गर्दै आएकी छन् ।

लामो समयदेखी सुरेश शाही नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीको आवाजमा रेकर्डेड यस अडियो पुस्तक ६ घण्टा १५ मिनेट लामो रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मका लागि निशुल्क रहेको यस अडियो पुस्तकको अडियो मुल्य अमेजनमा १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत छुट सहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ ।

अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ । त्यसपछि अन्य पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्सस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । अडियो बुकका बारेमा कम्पनका लेखक किशोर पन्थीले अडियो बुकको यस सुरुवातले नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश गर्नका लागि समेत बाटो खुलेकोे बताएका छन् । पुस्तकका वाचक सुरेश शाहीले कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एक वर्ष लागेको जानकारी दिँदै कोरोना महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्न मात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको बताए ।

त्यस्तै पुस्तकका वाचक सुरेश शाहीले अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको बताए । उनका अनुसार कम्पन एउटा पुस्तक हो जसलाई पढेर र सुनेर महाभूकम्पपछिको अवस्थाको अनुभव गर्न सकिन्छ ।

सन् २०१५ को अप्रिल २५ को महाभूकम्प यति भयानक थियो कि यसले केही मिनेटमा नै लाखौं नेपालीको जीवनलाई परिवर्तन गरिदियो । कैयन्को मृत्यु भयो । भवनहरू भग्नावशेषमा परिणत भए । एउटा भयानक सपना जस्तो बन्यो त्यो दिन । महाभूकम्पपछिका कैयनका कथाहरु अज्ञात रहे । किशोर पन्थीले लेखेको यो पुस्तकले ती कथाहरू पाठक समक्ष ल्याएको छ ।

पुस्तक कम्पनमा वियोग र वेदनाका कथामात्र छैनन्, आशाका कथाहरु पनि छन् । मृत्युको मुखबाट बाँचेकाहरुले कसरी आशालाई कायमै राखेर बाँच्न सफल भए भन्ने कथाहरु छन् । रेस्क्यु अपरेशनमा खटिनेहरुका कथादेखि आर्तहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका कथाहरु छन् । देशविदेशबाट राहत लिएर पुग्नेहरुदेखि संचारकर्मीहरुले भोग्नुपरेका सकसका कथाहरु समावेश गरिएको छ । पुस्तक कम्पनको पहिलो संस्करण सन् २०१८ मा आएको थियो भने दोश्रो संस्करण सन् २०१९ मा प्रकाशित भएको थियो । पहिलो संस्करणको लोकार्पण पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा भएको थियो ।

को हुन् ‘कम्पन’ लेखक पत्रकार पन्थी ?

अमेरिकी विदेश मन्त्रालयबाट मान्यताप्राप्त पहिलो नेपाली पत्रकार किशोर पन्थी १ दशक लामो समय देखी अमेरिकामा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकार हुन् । हाल न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधान सम्पादक पन्थीको खसोखास म्यागजिनको अनलाईन संस्करण पनि न्युर्योकबाट सञ्चालित छ ।

रेडियो रोल्पा, मुल्यवान, जनादेश साप्ताहिक, रेडियो जनगणतन्त्र (People’s Republic), रेडियो पश्चिमाञ्चल, सगरमाथा टेलिभिजन रेडियो राजधानी हुँदै एविसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् भने खाोजमुल, सामाजिक राजनितिक र आप्रवासी समुदायका समाचार संप्रेषणमा क्रियाशिल उनि सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका थिए । सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख पन्थी एवीसी टेलिभिजनको युएस प्रतिनिधीका रुपमा समेत रहेर एवीसी टेलिभिजनका लागि टक अफ द टाउन युएए नामका कार्यक्रम प्रस्तोता हुन् ।

अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका पत्रकार पन्थी पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप अमेरिकाको न्युयोर्क र न्युजर्सी राज्यबाटबाट न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकार कदरपत्र सहित सम्मानित पत्रकार हुन् ।

कम्पन सबै फर्म्याटमा :

अडियो : https://www.amazon.com/Kampan-Second-Edition/dp/B08NMZFQRV/…

पेपरब्याक : https://www.amazon.com/Kampan-Second-Kishor-Pa…/…/9937056950

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!