चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी स्वास्थ्य समस्या देखिएका लामिछानेले आफुलाई कोरोना संक्रमण भएको कुरा सार्वजनिक गरेसंगै उनमा संक्रमण देखिएको पुष्टी भएको हो ।
बुधबारबाट स्वास्थ्य समस्या देखिएका कारण गरिएको उनको परिक्षणबाट कोरोना पुष्टी भएको शनिबार लामिछाने स्वयंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । होम आईसोलेसनमा रहेका क्रिकेटर लामिछानेको स्वास्थ्यमा सुधार भै रहेको बताईएको छ । उनले आफुलाई भएको कोभिड संक्रमणबारे बताउँदै आफुलाई सबैको आर्शिवादको खाँचो रहेको र स्वास्थ्य सुधार भए फेरी फिल्डमा फर्कने जनाएका छन् ।
नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी लामिछानेलाई आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको गरेसंगै उनको चर्चा थप बढेको थियो । लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औँ नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए।
प्रतिक्रिया