US Khabar

जम्मु कास्मिर हमलामा दाङ तुलसिपुरका ३० वर्षीय खत्रीको निधन

- Admin | २ वर्ष पहिले प्रकाशित

जम्मु कास्मिर हमलामा दाङ तुलसिपुरका ३० वर्षीय खत्रीको निधन

जम्मु कास्मिरमा भएको हमलामा एक नेपाली युवाले ज्यान गुमाएका छन् ।  दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत ३० वर्षीय प्रेम खत्रीको जम्मु कास्मिर हमलामा ज्यान गएको हो ।

शुक्रबार बिहान करिव ५ बजे भएको हमलामा परी ज्यान गुमाएका खत्री तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका स्थायी बासिन्दा हुन् । हमलामा परि गम्भिर घाईते भएका उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको बताईएको छ ।

१४ बर्ष पहिले भारतिय सेनामा भर्ती भएका प्रेमका पिता लालबहादुर खत्री पनि सेवा निबृत्त भारतीय सेना हुन् । ७ वर्षीया छोरी र ५ वर्ष छोराका पिता प्रेमको मृत्युको खबर पाए लगत्तै उनका पिता लालबहादुर शव बुझ्नका लागि भारत गएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!