५ दिन देखी हराईरहेका सुनसरीको दुहबीका सुजननारायण चौधरी मृत फेला परेका छन् । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजनको शव सोमबार बिहान फेला परेको हो ।
सुनसरी प्रहरीका अनुसार सुजन नारायणको शव सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको हो ।
हत्या गरेर फ्याकिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया