मुन्नी पात्रको चरित्रमा भद्रगोल टेलि सिरिएलबाट चर्चामा आएकी प्रियना आचार्य हाल हिमालयन टिभीबाट प्रत्येक साता प्रसारण हुने ‘डान्सिङ वीथ द स्टार्स’ को टप ५ मा पुग्न सफल भएकी छन् । चितवनमा जन्मिएकी प्रियना ‘मिस टिन टुरिजम ०१८’ हुन् ।
लण्डनको पिआर छोडेर सानै उमेरमा पनि अब्बल अभिनय सहित नेपाल फर्किएकी टिनएज गर्ल, नेपाली पन सहितको अभिनय क्षमता र हालको ‘डान्सिङ वीथ द स्टार्स’बाट उनको नृत्य समेतले कमाएको चर्चाका कारण उनका प्रशंसक बिभिन्न उमेर समुहका रहेकाले पनि उनका फ्यान फलोअरको संख्या राम्रो छ । २० बर्ष भईन् प्रियना अहिले तर उनको अभिनय हाँस्य टेलिश्रृंखला भद्रगोल.र हाल प्रसारण भै रहेको सक्किगो नी मा मुन्नी भुमिका संगै कयौं म्युजिक भिडियोहरुमा पनि दर्शक र कलाकार्कीले मन पराएकी कलाकार हुन् ।
शनिबार भएको ‘डान्सिङ वीथ द स्टार्स’को एलमिनेशन रायण्ड पार गरेर टप ५ मा पुग्न सफल प्रियना वाइल्ड कार्डबाट इन्ट्री गरेको प्रियना र उनका कोरियोग्राफर सुभम भुजेलको जोडी प्रियम पुन बलियो प्रतिष्पर्धाको सहित उपाधी विजेता बन्ने दावेदारीको अर्को खुड्कीलो टेकोको छ ।
प्रियनाकी आमा रेखा खरेल लण्डनमा क्वालिफाइड नर्सका रुपमा कार्यरत छिन् । शिक्षित पारिवारीक पृष्टभूमीबाट आएकाले पनि उनलाई आफुले रोजेको क्षेत्रप्रति परिवारको पूर्ण साथ छ । सानैबाट नाच गानमा सहभागी हुँदै आएकी प्रियनाको झुकाव कलाकारितामा देखेपछि उनले रोजेको क्षेत्रमा नै आफुहरुले साथ थिएको उनकी आमा बताउँछिन् ।
‘नेपाल हुँदै लण्डन बसाईमा विभिन्न स्टेजमा नृत्य प्रस्तुत गर्दै परिपक्क कलाकारका रुपमा नेपाली कलाकारितामा प्रवेश गरेकी प्रियनाले आफुलाई नेपाली कलाकारिताप्रतिको सम्मानले नै आफुलाई नेपाल फर्काएको बताउँदै देश बिदेशमा रहका सम्पुर्ण नेपालीलाई भोटका लागि साथ दिन अनुरोध गरेकी छन्।
प्रियनाको दैनिकी प्राय सबै नै कलाकारितामा नै बितिरहेको छ यति बेला । ‘नाइ नभन्नु ल’, ‘निगरानी’ र ‘मनमनै मन पराएँ’ नामका तीनवटा नेपाली सिनेमामा बालकलाकारको भूमिका निर्वाह गरेकी उनको गायन कलालाई पनि धेरैले मन पराईरहेका छन् ।
अभिनय, डान्स, गायन, रंगमञ्च लगायतका बिधालाई रोझेर कुशल सावित हुँदै अघि बढिरहेकी प्रियना आचार्यलाई जिताउनका लागि लागि यस्तो छः भोटिङ प्रकृया
प्रतिक्रिया