US Khabar

नविकरण तथा नयाँ सदस्यताका लागि NRNA अमेरिका क्यालिफोर्निया च्याप्टरको आग्रह

- Admin | ३ वर्ष पहिले प्रकाशित

नविकरण तथा नयाँ सदस्यताका लागि NRNA अमेरिका क्यालिफोर्निया च्याप्टरको आग्रह

गैर आवाशिय संघ एनआरएनए अमेरिकाले सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि अनुरोध गरेको छ । सोमबार एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानियाले एनआरएनएको महत्व र आवश्यकता सहित नविकरण तथा नयाँ सदस्यताका लागि अनुरोध गरेका हुन् ।

एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१-०२३ लाई मध्यनजर गर्दै सनदस्यता लिनु पर्ने आवश्यकताको महत्वलाई बुँदागत रुपमा जानकारी दिँदै अमेरिका तथा क्यालिफोर्नियाबासी नेपाली समुदायलाई आग्रह गरेका हुन् ।

यस्तो छ अनुरोध पत्रको पूर्ण पाठ

सदस्यता लिने आग्रह गर्दै गर्दा सदस्यता लिने चाहि किन त?

१.NRNA एउटा मात्र यस्तो संस्था हो जस्ले बिश्वमा छरिएर रहेका गैर आबासिए नेपालिहरुलाई संगठित गरि नेपाल र नेपाली को हक हित का लागी स्थापना गरिएको र नेपाल सरकार बाट मान्यता प्राप्त एउटा मात्र संस्था हो ।

२NRNA एक पटकको नेपाली सधैको नेपाली को आभास दिलाऊन नेपाल सरकार र राजनैतिक पार्टीहरु संग सहकार्य गरि गैर आबासिए नागरिक्ता दिलाई नेपाली नागरिक सरह को सम्पूर्ण अधिकार दिलाऊन हरदम लागीपरेको छ।
३.NRNA नेपालको सुखद र दुखद दुबै क्षणमा आफ्नो योगदान पुर्याउदै आएको छ।
४.NRNA ले नेपालको आर्थिक उन्नति का लागी नेपालमा लगानीमैत्री बताबरण बनाउनु को साथै लगानिको सुरूआत गरिसकेको छ जसको कारण बिकसित नेपाल र सुखी नेपालीको कल्पना गर्न साथ र सहयोग पुग्ने छ।
५.NRNA ले नेपालमा महा-बिनाश कारी भुकक्प ले हाम्रो मातृभुमि पिडामा हुँदा या COVID-19 को महामारीले नेपाल आमा र नेपाली जनता आक्रान्त हुदा हरेक क्षण हर पल गैर आबासिए नेपालिहरु को हरेक दुःख सुख माँ राम्रो काम गर्यो र गर्दै आएको पनि छ।
.अब बन्ने नयाँ कार्य समितीको चयन आफ्नै बहुमुल्य मतबाट रोज्न NRNA लाई अझ बढी सबल सक्षम र सबैको मन मस्तिस्क को साझा सस्था बनाई अगाडी बढाउन हजुरहरु ले सदस्यता लिएर सहयोग पुर्याउनु हुन समेत सम्पुर्णमा बिनम्र अनुरोध गर्दछु।
अझ विषेस गरि परिवर्तन का सब्बाहक युवा साथिहरूलाई सदस्य बनाएर सक्क्षम उमेद्वार लाई जिताए अझ बाँकी कामहरु गरेर संस्थालाई अझ बढ़ी सक्षम र सबल बानाउन सकिन्छ भन्ने कुरामा म आशावादी छु।
सम्पूर्ण अमेरिका निबासी गैर अबासिए नेपाली,नेपाली भासी लगाएत मेरा सम्पूर्ण आफन्त,मित्रजन,आमा-बुबा,दाजु-भाई र दिदी-बहिनीहरु निम्न उल्लेखित लिंकमा गई आजै बाट सदस्यता नबिकरण वा नया सदस्यता तथा अजीबन सदस्यता लिन को लागी हार्दिक अनुरोध गर्दछु।
थप जानकारी को लागी
पूर्ण चन्द्र बानिया
सस्थापक अध्ययक्ष
एन आर एन अमेरिका
क्यालिफोर्निया च्याप्टर
530-220-2220
जय एन आर एन

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!