डोटीको बोगटानमा गएराती भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति एक बजेतिर बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा दुर्घटनामा हुँदा ४ जना घाईते सहित ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एकै परिवारका ३ जना सहित ४ जनाको मृत्यु भएको हो । जसमा बोगटान फुड्सिल गाउँपालिका(७ का वडा सचिव मञ्जु त्रिपाठी, उहाँकी सासु र तीन वर्षका छोरा र कृर्षि प्राबिधिक केआइसिंह गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी ४० का हरिनारायण भट्टको मृत्यु भएको छ ।
प्रतिक्रिया