प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । शुक्रबार राति मुटुमा अचानक समस्या देखिएपछि डा. भट्टराई शनिबार बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सल्लाहकार डा. भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया