US Khabar

शैक्षिक नोबेल पुरस्कारका रुपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगिता ‘Hult Prize’ (पियु) भक्तपुरमा

- Admin | २ वर्ष पहिले प्रकाशित

शैक्षिक नोबेल पुरस्कारका रुपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगिता ‘Hult Prize’ (पियु) भक्तपुरमा

विद्यार्थीहरुको नोबेल पुरस्कारका रुपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगिता ‘Hult Prize’ यो बर्ष पूर्वाञ्चल विश्व विद्यालय ‘पियु’ भक्तपुरमा पनि हुने भएको छ । विद्यार्थीहरुको विश्वब्यापी प्रतिस्पर्धा हल्ट पुरस्कार यस बर्ष जतिन भूसालको नेतृत्वमा पियु भक्तपुरमा आयोजना हुने भएको हो ।

ख्वप इन्जिनियरिङ् कलेजमा कम्प्यूटर ईन्जिनियरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत पियु भक्तपुर Hult Prize क्याम्पस निर्देशक भुसालका अनुसार यस प्रतियगिताको लागि २७ जना केन्द्रीय समिति, ११ जना प्रतिस्पर्धी, ७ जना राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकहरु, ५ जना दिग्गज निर्णायक र ८ जना Prize पार्टनर्स रहने यस प्रतिस्पर्धा सन् २००९ मा Ahmad Askar लें  अमेरिकामा सुरु गर्नुभएको थियो ।

भुषालका अनुसार दशक लामो समयदेखी बिश्वब्यापी प्रतिस्पर्धाका रुपमा रहेको यस प्रतिस्पधर्नका विजयी बिद्यार्थी टिमलाई बिभिन्न अन्तराष्ट्रिय महत्वपूर्ण ट्रेनिङ, १०लाख अमेरीकी डलर पुरस्कार, विजेता बाहेक यस प्रतियगितामा भाग लिनेले पनि अन्तराष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र र प्रशिक्षणको ब्यवस्था लगायतका कारणपनि विश्व शैक्षिक क्षेत्रमा यस पुरस्कारको महत्व र आकार्षण रहेको छ ।

मंसिर १५ गते बाट सुरु भएको यस प्रतियोगितामा सुशील बुढाथोकी, प्रणव काफ्ले, विराट श्रेष्ठ, किरण सुवाल, नबिश पोखरेल, दिपकमल भूसाल अनि सुबाश रिसाल लगायत प्रशिक्षक हरुले Busines Modelling, Public Speaking, Incubation , Deck preparation जस्ता   बिषयमाथी प्रशिक्षण दिईसक्नु भएको छ ।

Access Nepal, Paila Tech, Orphix Nepal जस्ता संस्थाहरु पनि आबद्ध यस प्रतिश्पर्धा हल्ट प्राइज फाउन्डेसनले हरेक वर्ष संयुक्त राष्ट्र संघ संग सहकार्य गर्दै विश्व मा विद्यमान समसामयिक समस्याहरू जस्तै गरिबी, अशिक्षा, भोकमरी, असुरक्षा, प्रदूषण आदि लाई हल गर्न प्रतियोगिता आयोजना गर्ने गर्दछ। यो वर्ष Food for Good, अर्थात् खाने कुरा सम्बन्धी समस्याहरु लाई हल गर्ने विषय मा प्रतियोगिता आयोजना भएको छ। यसमा विश्व भरिका विभिन्न विश्वविद्यालय मा अध्यनरत बिधार्थीहरुले यो दिइएको समस्या हल गर्ने गर्ने business idea बनाउनु पर्नेछ। यसलाई विद्यार्थीहरुको नोबेल पुरस्कार पनि भनिन्छ। प्रतियोगिता ४ चरणमा हुने गर्दछ ।

यस्ता छन् प्रतियोगीताका ४ चरण

1. On-campus, जसमा एउटै विश्वविद्यालय का विद्यार्थी हरु आपसमा प्रतियोगिता गर्छन।

2. Regionals,जसमा सबै on-campus का विजेता हरु राष्ट्रिय या क्षत्रिय रूप मा एक अर्का संग भिड्छन् ।

3. Accelerator, जसमा विश्व कै उत्कृष्ठ regionals teams हरु लें लण्डन मा फ्री मा ज्ञट हप्ता वेस्ट mentorship अनि guide  पाउँछन्।

4. Final,  जसमा 10 टीमहरु संयुक्त राष्ट्र संघको कार्यालमा आफ्नो idea विश्व कै अगाडि देखाउँछन् र एकजना विजेता टीमले 1 million US dollars पाउँछन्।

यस प्रतियगिता मा भाग लिने ले विजेता बाहेक पनि certificate  training पाउँछन् जसको अन्तराष्ट्रिय मान्यता छ।

Access Nepal, Paila Tech, Orphix Nepal जस्ता संस्था हरुपनि आबद्ध यस कार्यक्रमको मंसिर २७ गते हुन
फाईनल प्रतियोगीताका लागि चर्चित कलाकार नारद खतिवडा, शिव शंकर रिजाल, सामाजिक अभियन्ता सरोज घिमिरे लगायतका कलाकारको आतिथ्यता रहने यस कार्यक्रममा सुशील बुढाथोकी, दिपकमल भूसाल, आलोक शर्मा, दिपेश कुँवर र दिवस थापा निर्णयक रहने छन् ।

क्याम्पस निर्देशक भुसाल स्वयंले परिचालन गर्नु हुने बताईएको यस कार्यक्रम zoom मार्फत हुने छ। यसको लाइभ Hult Prize Purbanchal University Bhaktapur को फेसबुक पेज मार्फत पनि हेर्न सकिन्छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!