अमेरिकाले फाइजर र बायोएनटेकको कोरोना बिरुद्धको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना बिरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
यूके, क्यानडा, बहराईन र साउदी अरेबियामा अनुमति दिइसकिएको अमेरिकी फाइजरको खोपलाई एफडीएको २३ सदस्सिय विज्ञ समूहले जोखिमभन्दा फाइदा बढी भएको बताएपछि यो खोप आपत्कालीन प्रयोगका लागि ल्याउन लागिएको हो ।
राष्ट्रपति ट्रम्पले यस खोप र एफडीएको ढिलाईबारे बारे शुक्रवार ट्वीट गर्दै लेखेका छन् “डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ। खेल्न छोड र जीवन रक्षा गर्।“
ट्रम्प प्रशासनले खोपलाई अनुमति दिन एफडीएलाई दबाव दिएको बताइएको छ। ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्।
डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख खोप तयार गर्ने बताइएको फाइजर र कोरोनाको चरम आतंकमा रहेको कोभिड नियन्त्रणबारे नव निर्वाचित राष्ट्रपति जो बाइडनले नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ।
प्रतिक्रिया