US Khabar

राजसंस्थाको माग गर्दै ललितपुरमा पनि बिसाल प्रदर्शन

- Admin | २ वर्ष पहिले प्रकाशित

राजसंस्थाको माग गर्दै ललितपुरमा पनि बिसाल प्रदर्शन

राजसंस्थाको माग सहित आज ललितपुरमा पनि बिसाल प्रदर्शन भएको छ । राप्रपाको नेतृत्वमा आज ललितपुरका बिभिन्न स्थानमा राजसंस्थाको माग सहित प्रदर्शन भएको हो ।

राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाको नेतृत्वमा आज ललितपुरमा विशाल मोटरसाइकल र्याली सहित प्रदर्शन भएको हो । राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट, कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।

राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका सहभागीहरुले जावलाखेलस्थित स्व। राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए।

विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा प्रदर्शनहरु भइरहेका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!