US Khabar

कविता: सबैमा शुभकामना

- Admin | ३ वर्ष पहिले प्रकाशित

कविता:  सबैमा शुभकामना

उत्तम विचार 

(लिखु – ६, नुवाकोट )

 

आयो विक्रमको संवत् बोकेर हर्ष यो नयाँ
हरेक साल जस्तै यो नेपाली बर्ष यो नयाँ ।
उमंग छैन मान्छेमा तरंग छैन खै किन ?
छायो सर्वत्र कोरोना काट्नै मुस्किल भो दिन ।।

छायो बसन्त सर्वत्र छाएन मनमा तर
क्यालेन्डर नयाँ फेर्दा बर्ष नूतन बन्छ र ?
झरे पत्कर जीर्ण भै’ पलाए नव पल्लव
बोकेर मनमा त्रास हर्ष मान्नु छ के अब ।।

नआइज तँ बस्तीमा सास्तीमा भो नआइज
रमाउनू तंँ मस्तीमा गस्तीमा भो नआइज ।
पुरानो बर्षको घाउ सिलाउनु छ आइज
मान्छे लाचार मर्दैछ बचाउनु छ आइज ।।

मान्छे मर्दैछ कोरोना नामको डर त्रासले
समाधि स्थल भेटेन परन्तु हेर लासले ।
चमत्कार नयाँ देखा बनोस् विषय हर्षको
आओस् समीपमा मान्छे नहोस् संत्रास स्पर्सको ।।

रोगब्याध हटोस् आजै ढुक्क भै अब बाँच्न सकूँ
भाँचिएकोछ मान्छेको नाता सम्बन्ध गाँस्न सकूँ ।
गरौं पुकार मान्छेको गरौं म नव सिर्जना
यो नयाँ सालको भन्छु सबैमा शुभकामना ।।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!