US Khabar

रिक्त पदहरु पदपूर्तिका लागि आज बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दै

- Admin | २ वर्ष पहिले प्रकाशित

रिक्त पदहरु पदपूर्तिका लागि आज बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दै

आज बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दैंछ । रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौै बजेका लागि बोलाएको सो बैठक गणपुरक संख्या नपुगेपछि आईतबार स्थगित भएको थियो ।

आज बस्ने बैठकमा हाल रिक्त रहेको उपसभामुख पद, लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षसहित चार आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित २ आयुक्त, निर्वाचन आयोगमा खाली रहेका २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित ४ आयुक्त तथा समावेशी आयोगमा अध्यक्षसहित ३ आयुक्त लगायत पदको परिपुर्ती बारे छलफल हुने जनाईएको छ ।

त्यस्तै आजको बैठकमा रिक्त रहेका आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित ४ आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगमा ४ ४ सदस्य पदका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!