US Khabar

‘काङ्साेरेको पुनर्जन्म’ कविता संग्रह लिएर योग थुलुङ राईको साहित्यमा औपचारिक प्रवेश

- Admin | २ वर्ष पहिले प्रकाशित

‘काङ्साेरेको पुनर्जन्म’ कविता संग्रह लिएर योग थुलुङ राईको साहित्यमा औपचारिक प्रवेश

अष्ट्रेलियामा रहेका कवि योग थुलुङ राईको कविता संग्रह काङ्साेरेको पुनर्जन्म लोकापर्ण भएको छ । शनिवार राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गरी कवि राईको ‘काङ्साेरेको पुनर्जन्म’को लोकापर्ण गरिएको हो ।

समालोचक तथा लेखकहरु ज्ञानु अधिकारी, महेश पौड्याल, अभिनेता दयाहाङ राई, कवि तथा लेखकद्यव राजन मुकारुङ र कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कवि योग थुलुङ राईको कविता कृति ‘काङ्साेरेको पुनर्जन्म’बारे समालोचना सहित उनको साहित्यिक यात्रालाई बधाई तथा सफलताको शुभकामना दिईएको थियो ।

कार्यक्रममा लोकप्रिय छवि बनाएका अभिनेता दयाहाङ राईले यस संग्रह भित्र संग्रहित कविता ‘अदृश्य शक्ती’ बाचन सहित कृतीबारे उनका बुझाई र कविताको स्पर्समा महशुष गरेका अनुभवहरु सुनाएका थिए ।

यस कृतिका स्रष्टा योग थुलुङ हाल अष्ट्रेलियामा रहेकाले कोभिड १९ का कारण उनको उपस्थितिका बाबजुत सम्पन्न यस कृति लोकापर्ण समारोह साहित्यकर्मीहरु बिच उनको उपस्थितीकै जस्तो माहौलमा सम्पन्न भएको छ ।

आयोजक निरन्तर शनिवारका तर्फबाट संयोजक डिल्लिराम सुवेदीको सभापतित्वमा सम्पन्न पुस्तक लोकापर्ण कार्यक्रमको संचालन निरन्तर शनिवारका तर्फबाट युवा कवि सोझो गाउँलेले गरेका थिए ।

निरन्तर शनिवार आयोजक रहेको कृति लोकापर्ण कार्यक्रममा लेखकका तर्फबाट कवि तथा गीतकार श्रवण मुकारुङले मन्तब्य राखेका थिए ।
विश्वब्यापी पेण्डामिक कोभिड १९ का कारण लामो समय देखी भेला र जमघटको वातावरण बन्न नसकेको अवस्थामा स्वास्थ्य सुरक्षित मापदण्ड अपनाउँदै व्यक्तीगत उपस्थिती जनाएको कार्यक्रम भएकाले पनि साहित्यिकर्मी भेटघाटको सेतु जस्तो पनि देखिन्थ्यो कार्यक्रम । कार्यक्रममा  कवि तथा संचारकर्मी रमेश पौडेल, कवि तथा लेखकहरु चन्द्रवीर, राजु स्यानतान, मनोज न्यौपाने, प्रकाश आङ्दाम्बे, विमला तुम्खेवा, अशिम सागर, सोझो गाउँले, शकुन्तला जोशी, बिनाथिङ तामाङ,रावत रावत, राम गोपाल आशुतोष लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!