पाकिस्तानी मानव अधिकारकर्मी तथा अभियन्ता करिमा मेहराब बलोच मृत अवस्थामा भेटिएकी छन् । शरणार्थीको रुपमा क्यानडामा रहँदै आएकी करिमाकोे शव सोमबार साँझ क्यानडाको टोरन्टो नजिकै फेला परेको हो ।
३७ वर्षीया करिमा २०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा समेत पर्न सफल महिला हुन् । पाकिस्तानमा उनी सरकार विरोधी महिलाका रुपमा समेत परिचित थिईन् । पाकिस्तानमा ज्यान मार्ने धम्की आउन थालेपछि २०१७ मा क्यानडाले उनलाई राजनीतिक शरणार्थीको रुपमा आश्रय दिएको थियो ।
आदिवासी बलोची अधिकारकर्मीको रुपमा प्रतिष्ठित छवि बनाएकी करिमाले विभिन्न अधिकार संगठनको नेतृत्व गरिसकेकी थिइन् । करिमाको मृत्यु सम्बन्धमा एमनेस्टी इन्टरनेश्नल, अन्य अधिकारकर्मी संगठनहरु र पाकिस्तानमा सक्रिय अधिकारकर्मी समूहहरु छानविनका लागि आग्रह गरेका छन् ।
केही दिनबाट बेपत्ता उनको शव पानीमा भेटिएको थियो । उनको मृत्यु या हत्या भएको भन्ने सम्बन्धमा अनुसन्धान सुरु गरिएकोे टोरन्टो प्रहरीले जनाएको छ ।
प्रतिक्रिया