वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । भर्खरै नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा प्रस्ताव दर्ता गरिएको हो ।
४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
पौडलेको मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल छन् ।
प्रतिक्रिया