US Khabar
  • स्किन सिटीको सिइओमा नियुक्त भएपछि अभिनेत्री बर्षाको खुसी, अनुभव र योजना विज्ञप्तीमा

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    स्किन सिटीको सिइओमा नियुक्त भएपछि अभिनेत्री बर्षाको खुसी, अनुभव र योजना विज्ञप्तीमा

    नमस्कार,
    म अभिनेत्री बर्षा सिवाकोटी ।

    हालै नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएको जानकारी गराउन पाउँदा निकै खुसी छु । अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।

    छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गर्नु मेरो दायित्व हो । स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ । मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहान्छु ।

    चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु ।

    हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना छ ।

    हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास वढ्छ । हामीले स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्वन्धित कुनैपनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।

    भवदीय,
    बर्षा सिवाकोटी, सिइओ
    स्किन सिटी, काठमाडौं भैसेपाटी

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">