US Khabar

कौरा भाकामा नयाँ शैली र मिठास: सुनिल गिरी र मेलिना राईको ‘दिउँला माया’सार्वजनिक (भिडियो)

- Admin | २ वर्ष पहिले प्रकाशित

कौरा भाकामा नयाँ शैली र मिठास: सुनिल गिरी र मेलिना राईको ‘दिउँला माया’सार्वजनिक (भिडियो)

लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बिचमा गज्जबसँग खुलेका छन् ।

सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो । गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!