US Khabar

दाहाल-नेपाललाई ओलीको व्यंग्य: अलि-अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले नि भेला पार्छ

- Admin | २ वर्ष पहिले प्रकाशित

दाहाल-नेपाललाई ओलीको व्यंग्य: अलि-अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले नि भेला पार्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाललाई सुन्तला खानका लागि सल्लाघारीतिर गएको भन्दै व्यंग्य गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’

उनले ‘दाहाल-नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको जिकिर गरे ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

दाहाल नेपाल समूहले निर्वाचन आयोगमा सूर्य चिह्न हामीलाई दिनुस् भनेर निवेदन हालेको तर्क गर्दै ओलीले आफूले निवेदन गर्ने नपर्ने जनाए । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।’ उनले भने ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!