सुदूरपश्चिम प्रदेश सभाका ३९ नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् भने ६ जना प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागीमध्ये ६ जना बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा देखिएका हुन् ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा ३९ जना नेकपाका सांसद छन्। शनिवारको बैठकमा ३६ जना सहभागी थिए।
आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा छन् । ओलीपक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको दाबी गरेका छन् ।
बाँकी दुई जना सभामुख र उपसभामुख हुन् । बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई समर्थन गर्ने गरी तीन वटा निर्णय गरेको छ ।
निर्णयमा हस्ताक्षर नगर्नेमा पठान सिंह बोहरा, लीलाधर भट्ट, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा र ग्याल्बु सिंह बोहरा छन् ।
प्रतिक्रिया