US Khabar

कर्णालीमा २ मन्त्री सहित ३ सांसद प्रचण्ड–नेपालतिर – सभामुख शाही सहित ११ जना ओलीतिर

- Admin | २ वर्ष पहिले प्रकाशित

कर्णालीमा २ मन्त्री सहित ३ सांसद प्रचण्ड–नेपालतिर – सभामुख शाही सहित ११ जना ओलीतिर

नेकपाको ओली समूहबाट मन्त्री बनेका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालाले यसको पुष्टि गरेका हुन् । अब कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् ।

ओली पक्षमा सभामुख राजबहादुर शाही सहित ११ जना देखिएका छन् । अब मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!