US Khabar

चित्र हजुरको – [ गजल ] खिमु केसी

- खिमु केसी | ३ वर्ष पहिले प्रकाशित

चित्र हजुरको – [ गजल ]  खिमु केसी

खोज्दै छु यहाँ सजाएको चित्र हजुरको
छदैछु  कि हराएँ मुटु भित्र हजुरको

सारा जगत रोइरहेको समयमा पनि
फेरिएनन मानवता हराएका मित्र हजुरको

भैसीलाई पुराण सुनाएर के गर्नु  अब
यो संसार यस्तै छ विचित्र हजुरको

सबै कुरा हेर्ने नजरमा भर पर्छ साथी
फोहरै किन नहोस गंगा पवित्र हजुरको

हो फेरियो अनि बदलियो भन्नेहरुलाई
उस्तै छ “खिम’” उतार्छ सचित्र हजुरको

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!