US Khabar
  • कोरोना संक्रमणबाट गुरुङ तमु समाज यूकेका कार्यसमिति सदस्य खुशीमान गुरुङको निधन

    - Admin | २ हप्ता पहिले प्रकाशित

    कोरोना संक्रमणबाट गुरुङ तमु समाज यूकेका कार्यसमिति सदस्य खुशीमान गुरुङको निधन

    सन् २०२० को सिंगो बर्ष आतंकका रुपमा विश्वभर फैलिरहेको कोभिड १९ को संक्रमणबाट बेलायतमा फेरी एकजना नेपालीले ज्यान गुमाएका छन् । कोभिड संक्रमणबाट बेलायत निवासी ५८ बर्षिय पूर्व गोर्खा सैनिक खुशीमान गुरुङको नर्थहोल्ट पार्क अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको छ ।

    उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित गुरुङलाई कोरोना संक्रमणपनि देखिएपछि १८ दिनअघि अस्पताल भर्ना भएका थिए ।

     पर्वत जिल्लाको रापुमा जन्मिएका मृतक गुरुङ तमु समाज यूकेको वर्तमान कार्यसमितिका सदस्य पनि हुन् ।

    मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">