US Khabar
  • मन दरो बनाएर काममा जान्छौ – न्यु योर्कका नेपाली साहसी नर्सहरू

    - यूएस खबर | ६ महिना पहिले प्रकाशित

    मन दरो बनाएर काममा जान्छौ –  न्यु योर्कका  नेपाली साहसी नर्सहरू

    बिरामीहरूको उपचार गर्नु नर्सहरूको पेसा नै तर यती बेला भने नर्सहरू आफ्नो घर परिवारलाई जोखिमा राख्दै कोरोनासगं लड्दै बिरामीहरूको सेवामा दिन रात खटिएका छन् ।

    विश्व भरी फैलिएको कोभिड १९ को महामारी यती बेला सबै भन्दा सङ्क्रमण भएका क्षेत्र न्युयोर्कमा रहेका हुदाँ नेपाली नर्सहरूको दिनचर्या पनि ज्यादै जटिल बन्दै गएको छ ।
    घरपरिवार भन्दा पनि यति बेला कोरोना बाट सङ्क्रमितहरूको उपचार सँगै अग्रमोर्चामा खटिएर सो रोगको विरुद्ध दिन रात आफ्नो ज्यानलाई जोखिम मोल्दै ती बिरामीहरूको सेवामा खटिएका छन् अमेरिकामा रहेका नेपाली नर्सहरू ।
    यति बेला प्राय जसो व्यक्तिहरू घर बाट नै काम गरिरहेको बेला स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको भने त्यो अवस्था छैन । बिरामीहरसगं जोगिएर उनीहरूको उपचारमा खटिनु त छँदै छ घरपरिवारलाई यति बेला समय दिन नसक्नु र परिवारसगं पनि केही टाढा रहेर बस्नु पर्ने अर्को पिडा छँदै छ ।

    युद्धमा गएको सिपाही मैदान छोडेर गयो भने के हालत हुन्छ ?

    यमुना भण्डारी, रजिस्टर्ड नर्स  एमजेएचयस होस्पिके एण्ड पल्लिएटिप केयर , न्यु योर्क

    दिनहुँ जसो कोरोना बिरामीहरुसगं भेटघाट भई रहन्छ मेरा काम अस्पतालमा नभई बिरामीहरूको घरमा गएर उपचार गर्नुपर्ने भएकोले दिनहुँ गई रहनु पर्छ । यतिबेला बिरामी र बिरामीका परिबार लाई पनि कोरोनाको रोगबाट संग्रमण भएको पाईन्छ भने हाम्रा रेगुलर बिरामीहरु पनि त्यो रोगबाट संक्रमित छन् यो बेला हामीलाई पनि ज्यादै जोखिमको स्थिती रहेको छ । यो बेला आफ्ना सहकर्मीहरु पनि बिरामी भएकाले उहाँहरुले बिदा लिएकाले पनि उहाँहरुको काम पनि गर्नुपर्ने भएकाले अली ब्यस्त हुनु परेको छ । कोरोना लागेर घरमै बसेका बिरामीहरुलाई चेक गर्ने जाँदा पनि भनिए अनुसारका सिमित साधनका बीच पनि काम गर्नु पर्ने भएकाले पनि गह्रो हुदोै रहेछ ।
    घर परिबारमा सर्छकी भन्ने डर पनि हुदो रहेछ घरमा पनि छुटै कोठामा बसेको छु । जब कोरोको प्रकोप आयो शुरुको हप्ता घरपरिबारमा सबै डराएको थिए त्यो बेला डराए पनि एक न एक चोटी कोरोनाको बिरामीहरुको सेवा गर्नु नै पर्छ भन्ने लाग्यो त्यसैले युद्धमा गएको शिपाही मैदान छोडेर गयो भने के हालत हुन्छ त्यही सम्झ्एिर यो सकंटको बेला डाक्टर नर्सले काम नगरे कसले गर्ने भन्ने लाग्यो अनी आफुले आफुलाई दरो बनाएर घर परिबारलाई पनि सम्झ्एर काममा लागेकी छु ।

    मन दरो बनाएर काममा जान्छु ।

    सुजता गुरुङ, रजिस्टर्डनर्स   इमरजेन्सी विभाग एल्मस्र्ट हस्पिटल क्बीन्स न्युयोर्क,  अध्यक्ष नेप्लिज अमेरिकन नर्स एसुसेसन

    पहिले देखी नै म एल्मस्र्ट हस्पिटलको इमरजेन्सीमा काम गर्दे आएकी थिए दिनुहु जसो चाप त बिरामीको भईरहन्थो जब यस कोभिन १९को प्रकोप अमेरिकामा आयो त्यो किसिमको बिरामीको चाप होला भनेर कसैले पनि कल्पना गरेको थिएन । मेरो सेक्सनमा १०० भन्दा तलको बिरामीहरू आउथ्ये पहिला तर पछि जब न्युयोर्कमा कोरोनाको महामारी भयो त्यसपछि दिनमा १०० देखी ३०० सम्मका बिरामीहरू आईरहेका छन् । यो अवस्थाको बाबजुद कोरोनाका बिरामीहरुसगं काम गर्दे ज्यादै गत दुई हप्ता त अति नै गाह्रो भएको थियो । अहिले चाहिँ सोसल डिस्टेसन लगायतका सूचनाहरूका कारण पनि सबैले सावधानी अपनाएको हुँदा पनि अहिले अलि सजिलो जस्तो महसुस भएको छ ।
    बिरामीको चापले गर्दे विगत २ हप्ता त काममा छुटी नै नलिएर काम गर्दे आएकी थिए ।
    पिपिई र एन ९५ मार्क्स पर्याप्त नहुँदा धेरै समस्या भएको थियो एउटा मार्क्स पहिला एउटा बिरामीलाई चेक गरेपछि प्रयोग नगरी फ्याकिन्र्थो तर अहिले पुरा दिनभरिको सिफ्टलाई एउटा मार्क्स प्रयोग गर्नु पर्ने हुन्छ यसले गर्दो कतै घरमा समेत रोग जाने होकी भन्ने डर लाग्छ । कतै कतै त एउटा मार्क्स हप्ता दिन सम्म पनि प्रयोग गरेका सुन्छु । यो अवस्थामा काम गर्दे घरपरिवारका सदस्यहरू सबै जना डराउनु हुन्छ हामीलाई के हुन्छ भनेर तर यो दुःखद घडीमा हामीहरूले नगरे कसले गर्ने भन्ने जस्तो लाग्छ त्यसैले मन दरो बनाएर काममा जान्छु । अहिले हामी घर भन्दा बाहिर कतै जादैनो कसैलाई पनि भेटेका छैन । मेरो पेसा प्रति परिवारका सदस्य सकारात्मक हुनुहुन्छ परिवार को सदस्यलाई यो बेला सहयोग गर्ने सकेको छैन दुःख लाग्छ । श्रीमानको घरबाट नै काम गर्ने हुँदा काम बाहेक अन्य क्षेत्रमा खासै जादैनौ घर भित्रै बस्छौ ।

    सुरुमा डर लागेको थियो ।

    सुस्मिता राई रजिस्टर्ड नर्स
    माउन्ट साईन बेथ ईजरेल हस्पिटल ,म्यानहाटन न्युयोर्क

    जब अमेरिकाको न्युयोर्कमा कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गयो तेती बेला ज्यादै डर लाग्ने स्ट्रेस हुने गरेको थियो जसरीनी काम गर्नु पर्छ भन्ने लागेपछि डर कम हुँदै गयो । यती बेला काम जति गरे पनि छ तर मैले आफ्नो तालिका अनुसार काम गरेकी छु ।
    दिनहुँ बिरामीहरुसगं नजिक भईन्छ अस्पतालमा पर्याप्त पिपिई लगायत एन ९५ मार्क्स पर्याप्त नहुँदा धेरै समस्या भएको छ एउटा मार्क्स पहिला एउटा बिरामीलाई चेक गरेपछि प्रयोग नगरी फ्याकिन्र्थो तर अहिले पुरा दिनभरिको सिफ्टलाई एउटा मार्क्स प्रयोग गर्नु पर्ने हुन्छ । यसरी उपचारका लागी चाहिने अन्य सामाग्री पर्याप्त नहुँदा आफ्नै वरपर कोरोना भाइरस घुमिरहेको जस्तो लाग्छ । जब घर आयो कतै मेरो कारणले घरका परिवारलाई सर्ने त होइन भन्ने डर लाग्छ । घरमा बच्चा बच्ची छन् उनीहरूलाई सर्छकी भन्ने डर लाग्छ त्यसैले उनीहरू भन्दा ६ फिट टाढा बस्ने गरेकी छु किचनमा पनि जाँदिन परिबार भन्दा अलि टाढा रहने गरेकी छु । कोरोन नभए पनि मलाई कोरोना लागे झै  सतर्क भएर बसेकी छु ।
    यो आपतको बेला काम गर्ने पाएकोमा गर्व पनि लाग्छ भने मान्छे को मन नै त हो डर पनि लाग्छ दुवै चीजको मिश्रण छ यति बेला ।
    घर परिवारको सबैको सपोट छ मेरो पेसामा , हाम्रो पेसा भनेको आर्मीको जस्तै हो आर्मीमा लागेपछि युद्ध भूमिमा जान्न भन्न त पाएननी त्यस्तै यो हाम्रो नर्सिङ पेसा पनि त्यसैले मलाई एक अर्थमा आफ्नो पेसा प्रति गर्व पनि लाग्छ ।

    (Personal protective equipment (PPE) यदी कसैले डोनेशन गर्ने चहानुभएको छ भने पनि नेप्लिज अमेरिकन नर्स एसुसेसन
    को बेभ पेजमा www.nanausa.org मा सम्र्पक गरी सहयोग गरिदिनु समेत हुन नेप्लिज अमेरिकन नर्स एसुसेसन
    न्युयोर्क हार्दिक अनुरोध गर्देछ ) ।

     

    विष्णुप्रसाद पौडेल- नेपालय

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">