US Khabar
  • एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी, एन्ड इनोभेसन कमिटीको ड्रिम बिग च्यालेन्ज सम्पन्न

    - Admin | ३ महिना पहिले प्रकाशित

    एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी, एन्ड इनोभेसन कमिटीको ड्रिम बिग च्यालेन्ज सम्पन्न

    गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका साइन्स, टेक्नोलोजी, एन्ड इनोभेसन कमिटीको संयोजनमा ड्रिम बिग च्यालेन्ज जनवरि १ मा सुरु भई जनवरि २, २०२० मा सम्पन्न भएको छ । ड्रिम बिग च्यालेन्ज-२०२० मा एलिमेन्ट्रि स्कूल देखि हाई स्कूल सम्मका विद्यार्थी भाइ बहिनीहरूको सहभागिता रहेको थियो ।दोस्रो पुस्तालाई एनआरएनए सँग जोड्नु का साथै दोस्रो पुस्ताको ज्ञान र ईनोभेटिब आइडियालाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम को आयोजना गरिएको थियो । यस कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूका साथै अभिभावकहरुले उत्साहका साथ सहभागिता जनाउनु भएको थियो।

    एलिमेन्ट्रि स्कुल,मिडल स्कूल र हाई स्कूल गरी तिन वटा ग्रुपमा वर्गीकरण गरी ड्रिम बिग च्यालेन्ज कार्यक्रम सञ्चालन गरिएको थियो।त्यसै गरी यस कार्यक्रम बाट प्रत्येक ग्रुप बाट तिन जना प्रथम,दोस्रो र तेस्रो गरी जम्मा नौ जना प्रतियोगीहरु लाई विजेता घोषणा गरिएको थियो।बिजयी हरुको नाम र वहांहरूको बिजिनेस आइडिआ यस प्रकार छः

    High School
    First -Saugat Parajuli- An improved elderly care home
    Second- Prashamsha Ghimire- Samatva – Online shopping for quality goods
    Third- Amish Pandey – Smart environment-friendly sanitizing company

    Middle School
    First- Shreyas Shrestha – Loco, a groundbreaking tracking device
    Second-Shubham Sah -Apollo – A wound monitoring App
    Third- Bisesh Pokharel -UberMyOrder- a smart online shopping portal

    Elementary School
    First- Prometheus Tripathi- An app called “Charge-Up” to charge mobile devices
    Second- Snehi Pokharel- The “DreamScanner” App- a smart solution to shoppers
    Third- Sophie Ghimire – A “Fire Sensor” to prevent California fires

    ड्रिम बिग च्यालेन्ज मा सहभागी हुनु हुने सबै भाइ बहिनीहरूको ईनोभेटिभ आइडिया र प्रस्तुति उत्कृष्ट रहेको थियो । गैर आवासीय नेपाली सङ्घ, युएसए का तर्फ बाट सबै विजयी र सहभागी भाइ बहिनीहहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौ। यो कार्यक्रमको भब्य सफलतामा MENTOR हरुको उतिकै देन रह्यो जसले आफ्नो ज्ञान हाम्रा नानीबाबुहरुलाई प्रदान गरिदिनुभयो र उत्प्रेरणा जगाईदिनु भयो। हामी सबै MENTOR हरुमा आभार ब्यक्त गर्दछौं ।

    यस कार्यक्रममा बिशिस्ट निर्णयकर्ताको भूमिका निभाउनुहुने डा तोया बराल,डा मिलन बिमली,तेजस्वी गिरि,डा सोनिया हिराचन,किरण जोशी,डा नबिन खनाल, डा माया मगराती,राधेश पण्डित,सुजन श्रेष्ठ,तृप्ति थापा,सबैलाई उहाँ हरुको समय र मिहिनेत सहित यो कठिन कार्यमा ठुलो योगदान दिनुभएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौँ।साथै कार्यक्रमको पुरस्कार राशिको ब्यबस्थापनको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुमा सथै यो कार्यक्रमको सफलतापूर्बक संचालनमा तथा प्रचार प्रसारमा सहयोग गर्नु हुने ददि ढुंगाना, पदम भण्डारी, प्रशान राई र सतिश चापागाईं, संचारकर्मी मित्रहरु र कार्यक्रमलाई सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्न।

    अन्तमा, वर्तमान विषम परिस्थितिमा पनि ड्रिम बिग च्यालेन्ज ऐतिहासिक उपलब्धिको रूपमा संंभव बनाउन सुरुका दिन देखि नै अहोरात्र खट्नुभएका गैर आवासीय नेपाली सङ्घ, युएसए का साइन्स, टेक्नोलोजी, एन्ड इनोभेसन कमिटी तथा ड्रिम बिग च्यालेन्ज संयोजन समितिका संयोजक डा तारा सिग्देल,साथै सहसंयोजकहरु -सतिश त्रिपाठी,राजीव श्रेष्ठ,डा राजेन्द्र पङ्गेनी तथा सदस्यहरू सुनिल खनाल,रोजी कर्ण, डा माधव पाण्डे,डा लेखनाथ अधिकारी,डा बेनी डाँगी, सञ्जय श्रेष्ठ मा बिशेष धन्यवाद ज्ञापन गर्दछौँ।

    धन्यवाद ।

    भवदीय,
    पशुपति पाण्डे
    महासचिव
    गैर–आवासीय नेपाली सङ्घ
    राष्ट्रिय समन्वय परिषद्, अमेरिका

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!