US Khabar

अमेरिकी संसद् भवनमा भएको ट्रम्प पक्षधरको तोडफोड: ज्यान गुमाउनेको संख्या ४ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

अमेरिकी संसद् भवनमा भएको ट्रम्प पक्षधरको तोडफोड: ज्यान गुमाउनेको संख्या ४ पुग्यो

अमेरिकी संसद् भवनमा भएको तोडफोडको घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनामा भएको गोली प्रहार समेतका कारण एक महिला सहित ३ जनाको मृत्यु भएको हो ।

पछि मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको ’मेडिकल आपत्कालीन अवस्था’ कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

हालसम्म कम्तिमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ। वाशिङ्टन डीसीमा कर्प्यू आदेश जारी गरिएको छ भने सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनको जित भएपछि निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रकृया अवरूद्ध भएको थियो।

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गर्नुका साथै मानविय क्षती समेत भएको यस घटनालाई बिश्व जगतले निन्दा गरेको छ ।

नव निर्वाचित राष्ट्रपति वाईडेनको परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा रहेको बेला भएको यस घटनामाथी अमेरिका र
राष्ट्रपति ट्रम्पप्रतिको नजरिया समेतलाई धक्का पुगेको अभिब्यक्ती सार्वजनिक भै रहेको छ । उसो त यस अघि पनि राष्ट्रपति ट्रम्प आफ्नो कार्यकाल भरि नै प्राय विवादित छविले परिचित नेता हुन् ।

संसदीय प्रकृया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ ।

यस घटनाप्रति अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, विल क्लिन्टन, जर्ज डब्ल्यु बुस, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जर्मन विदेश मन्त्री हेइको मास, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेन लगायतले खेद ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!