US Khabar

बेलायतमा निर्माण गरिएको सर्ट फिल्म ‘सहारा’ यूटुवमा सार्वजनिक

- Admin | २ वर्ष पहिले प्रकाशित

बेलायतमा निर्माण गरिएको सर्ट फिल्म ‘सहारा’ यूटुवमा सार्वजनिक

कोरोना महामारीको समयमा चलचित्रका गतिबिधिहरु ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको सर्ट फिल्म सहारामा कोरोनाका कारण विश्वभरी देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ । सहारामा कलाकार ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको अभिनय रहेको छ । नायक धु्रव दत्त, मोडल एवं भ्लगर सृजना निङ्गलेकु बेलायती समुदायमा स्थापित नाम हो ।

चलचित्र सहारामा लेखन, निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो छोटो चलचित्र हो । कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न सम्स्याको वियोगान्त कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक राईले बताए । निर्देशक राईले निर्देशन गरेको यो दोस्रो सर्ट फिल्म हो । उनले यसअघि सर्ट फिल्म सम्बन्ध निर्देशन गरिसकेका छन् ।

चलचित्र सहारामा छांयाकन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ । टुवाईको ब्यानरमा निर्माण भएको चलचित्र सर्ट फिल्म सहारा सोही चलचित्रकी अभिनेत्री सृजना निङ्गलेकुको युट्यूव च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!