बेलायतमा रहँदै आएका लोक दोहोरी गायक बद्री केसीले आत्महत्या गरेका छन् । पोखरा घर भै डेढ दशकदेखि बेलायतको एजवेर बस्दै आएका गायक केसीले रुखमा झुण्डिएए आत्महत्या गरेका हुन् ।
बेलायतको मिल हिल स्कुलमा कार्यरत ३२ वर्षीय केसी शव स्कुलकै हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । शुक्रबार राती ९ बजेर ९ मिनेटमा वके फ्यामेली, फ्रेण्ड एण्ड वल्र्ड गुडवाई लेखेर फेसबुक वालमा पोष्ट गरेका थिए । उनको निरासाजनक स्ट्याटस नै अन्तिम स्ट्याटस हो भन्ने कल्पना समेत गर्न नसकेका उनका परिवार साथीभाई र यो संसारका उनलाई चिन्ने सबैले उनको सो स्ट्याटसमाथी दुखपूर्ण श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् । शुक्रबार राती अन्तिम स्ट्यास लेखेको गायक केसीको शनिवार बिहान मृत फेला परेका थिए ।
अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका केसीले बेलायत गएपछि पनि त्यहाँ हुने साँस्कृतिक र साँगितिक कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए ।
प्रतिक्रिया