US Khabar
  • प्रभावशाली गायन क्षमता सहित ‘गिनीज वल्र्ड रेकर्ड’को तयारीमा गायक शिव केसी

    - Admin | ७ दिन पहिले प्रकाशित

    प्रभावशाली गायन क्षमता सहित ‘गिनीज वल्र्ड रेकर्ड’को तयारीमा गायक शिव केसी

    गायक शिव केसी संगीत विधा अन्तरगत गिनीज वल्र्ड रेकर्डको तयारीमा लागेका छन् । गायक केसी नेपाल र भारतिय संगीत क्षेत्रमा सक्रिय चर्चित गायकहरूको आवाजलाई जस्ताको तस्तै (हुबहू) गाउन सक्ने आफ्नो क्षमतालाई अन्तरराष्ट्रीय स्तरमा चिनाउने उदेश्य सहित विश्व कृतिमानी यात्राको तयारी गरेका हुन् ।

    हाल किंग्स लाउन्ज पोखरामा भोकलिष्टका रुपमा गाउँदै आएका गायक केसी युवा पुस्तामाझ लोकप्रिय नाम हो । नेपाली संगीतका सबै बिधामा उत्तीकै शसक्त शिव केसीका फ्यानहरु उनि प्रस्तुत हुने देश\ विदेशका कार्यक्रममा अत्याधिक बाक्लो संख्यामा देखिने गर्दछन् ।

    काठमाडौंमा जन्मिएका केसी बिभिन्न समयमा धेरै पटक जापान र केही एसियाली देसहरूमा समेत आफ्नो प्रभाव छोड़न सफल गायक हुन् ।नेपालको पहिलो ब्याण्ड ‘नमस्ते ‘र ‘अंकुरण ब्याण्ड’मा समेत आवद्ध केसीलाई अत्यन्त वलियो गायन क्षमता भएका गायकका रुपमा उनलाई सुनेका संगीतकर्मी र स्रोताले हेर्दै आएका छन् ।

    कुशल गायन क्षमता, प्रसस्त फ्यानहरु र मिडियाको समेत पहुँच भएको समयमा पनि किन चर्चामा आउन चाहेनु भएन भन्ने यूएस खबरको प्रश्नमा केसी भन्छन् ‘यदि म साँच्चै नै संगीत प्रेमी हुँ भने मैले मेरो मात्र चर्चा भन्दा म जन्मिएको माटोलाई चर्चित बनाउने लक्ष्य राख्नु पर्दछ । यो मेरो सपना थियो सानैबाट म संगीत क्षेत्रबाट नै नेपाललाई चिनाउने छु । त्यसैले मैले चर्चा भन्दा साधनामा ध्यान दिएँ, अर्थात गाउँदै मात्र गएँ । मेरो बिचारमा गीनिज वल्र्ड बुकमा लेखिने तयारीमा रहेको नाम यहि सपनाको पहिलो ढोका हो ।’जहाँबाट प्रवेश गरेर विश्व संगीत जगतमा नेपाल र नेपाली गायन क्षेत्रलाई चिनाउने मेरो कोशिष रहने छ । ‘

    गायक केसीले केही कभर गीत बाहेक हाल सम्म औपचारिक रुपमा गीत रेकर्ड गराएर यस क्षेत्रमा प्रवेश गरेका छैनन् । यसका लागि आवश्यक खर्च र आवाज शीवसंग थियो । तर अहिले सम्म गीत रेकर्ड नगर्नुको कारण पनि विश्व कृतिमानी यात्राबाट नै आफ्नो औपचारिक संगीत यात्रा सुरु गर्ने उनको सपनाका कारण रोकेका थिए । यो नेपाल आमाको नामसंग पनि जोडिएको बिषय भएकाले आफुले लामो समय संगीत अभ्यास र अध्ययनमा लागेको शिव बताउँछन् ।

    केसीका अनुसार यस बिषयमा चाडै नै टेलिभिजनहरूबाट गिनीज वल्र्ड रेकर्डेड कार्यक्रमहरू प्रसारण हुदैछन ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">