US Khabar

लण्डनमा आफु बस्ने घर नजिकै ३५ वर्षीय विक्रम केसीको हत्या

- Admin | २ वर्ष पहिले प्रकाशित

लण्डनमा आफु बस्ने घर नजिकै ३५ वर्षीय विक्रम केसीको हत्या

लण्डनमा एक नेपाली युवाको हत्या भएको छ । आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि दोस्रो ब्यक्तीको कुटपिटपछि ३५ वर्षीय विक्रम केसीको हत्या भएको हो ।

‘इण्डो चाइनिज’ खानाका सेफ केसी आफु कार्यरत सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्कदैं थिए । उनिसंग २१ वर्षीय युवकसंग सामान्य भनाभन भएपछि आक्रोसित युवकको कुटपिटबाट केसीको घट्नास्थलमा नै ज्यान गएको हो ।

अन्तिम पटक श्रीमतीसंग फोनमा कुरा हुँदा ५ मिनेटमा घर आईपुग्छु भनेका केसी आधा घण्टा सम्म घर नआउनुका साथै फोन सम्पर्कं पनि हुन नसकेपछि उनि श्रीमान खोज्न स्टेसन गएकी थिईन् तर उनि पुग्दा केसीको मृत्यु हुनुका साथै प्रहरी र एम्बुलेन्स पनि आईसकेको बताईएको छ ।

केसीको हत्या गर्ने ति युवक अहिले प्रहरी हिरासतमा छन् ।

काठमाडौं स्थायि घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!