US Khabar

कोरोना रिपोर्ट नेगेटिभ आएका पूर्व राज्यमन्त्री यादवको निधन

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना रिपोर्ट नेगेटिभ आएका पूर्व राज्यमन्त्री यादवको निधन

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य, नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य, नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य समेत रहेका यादवको कोरोना संक्रमणपछि विभिन्न स्वास्थ्य समस्या देखिएसंगै उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्री रहेका यादवको कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भै सकेपनि त्यसपछि एकसाथ देखिएका मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा समस्याका निधन भएको परिवारका सदस्यले बताएका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित यादव नरैनापुरका वासिन्दा हुन् । आज उनको शव स्थलमार्ग हुँदै नेपालगञ्ज लगिएको छ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उनको अन्त्यस्टी नरैनापुरमा गरिने भएको छ । यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!