US Khabar

टेक्ससको कार दुर्घटनाकी मृतक अनिता अधिकारी भएको पुष्टी: गो फण्ड संचालन

- Admin | २ वर्ष पहिले प्रकाशित

टेक्ससको कार दुर्घटनाकी मृतक अनिता अधिकारी भएको पुष्टी: गो फण्ड संचालन

अमेरिकाको टेक्ससमा भएको कार दुर्घटनामा मृत्यु हुने महिला नेपाली भएको पुष्टी भएको छ । गतसाता सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा भएको सो कार दुर्घटनामा निधन हुने महिला नेपाली मुलकी अनिता अधिकारी भएको पुष्टी भएको हो ।

बिगत ५ बर्षदेखी परिवारबाट टाढा रहेकी अनिता चढेको कार बिपरित दिसाबाट आईरहेको कारसंग ढक्कर खाएको थियो । दुई कारबिचको ठक्करबाट आगो नै लागेको यस दुर्घटनामा मृतक अनिता चढेको कार ४९ बर्षिय विष्णुप्रसाद पौडेलले चलाएका छन् । पौडेल घाईते रहेकाले उनको उपचार भै रहेको छ भने अर्को कारका चालक ४५ ब थाओ ली पनि घाईते भएको बताईएको छ ।

परिवार उनि संग नरहेको अवस्थामा अनिताको अकल्पनिय निधन भएपछि यतिबेला उनको परिवारको अमेरिका आउने खर्च र दाहसंस्कारको सहयोगका लागि गो फण्ड सञ्चालन गरिएको छ ।

सहयोग गर्न चाहनेहरुले तलको लिंकमा क्लीक गर्नुहोस्

https://www.gofundme.com/f/travel-expenses-for-funeral-of-anita-adhikari

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!