US Khabar

नेपाली मुलका सांसद भण्डारीद्वारा दशैंलाई अमेरिकी राज्यमा मान्यता दिलाउन सदनमा बिल पेस

- Admin | २ वर्ष पहिले प्रकाशित

नेपाली मुलका सांसद भण्डारीद्वारा दशैंलाई अमेरिकी राज्यमा मान्यता दिलाउन सदनमा बिल पेस

नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले नेपालीहरुको महान पर्व दशैंलाई अमेरिकामा मान्यता दिलाउन बिल पेस गरेका छन् । मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य रहेका भण्डारीले नेपाली संस्कृतीको उच्च सम्मान गर्दै दशैं पर्वलाई अमेरिकामा पनि मान्यता दिलाउने उदेश्यले सदनमा बिल पेस गरेका हुन् ।

अमेरिकी राजनीतिमा राजनितीक स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपालीका रुपमा रहेका भण्डारीले यस अघि पनि बिभिन्न महत्वपूर्ण बिषयमा सदनमा पेश गर्दै आएका छन् । जसमध्य ५ वटा बिल पारित भै सकेका छन् । अमेरिकी राजनितीमा बलियो छवि बनाएका भण्डारीले यस पटक नेपालीहरुको पक्षमा दशैं पर्वलाई लिएर पेस गरेको बिल पनि पारित हुन सक्ने देखिन्छ । जसबाट यहाँ रहेका नेपाली समुदायको धर्म, संस्कृती र सद्भावको समेत सम्मान हुने भएकाले यतिबेला भण्डारीको यस कदमलाई सबैले प्रशंसा गरिरहेका छन् ।

भण्डारीका अनुसार दशैं पर्व कुनै एक धर्म बिषेश पर्व नभई यो नेपालीहरुको आस्था, विश्वास र भाईचाराको पर्व पनि भएकाले सिंगो अमेरिकी नेपाली समुदायको अस्तित्वको यस चाडलाई नेपाली पहिचानका रुपमा नै बुझेर समग्र नेपाली समुदायले गर्वका रुपमा हेर्न सके यस पर्व आफैंमा महत्वपूर्ण र नेपाल र नेपालीको गौरवका रुपमा रहेको संस्कृती हो ।

उनका अनुसार यस बिषयमा पेस गरेको बिलका लागि सदनमा अनुरोध भै सकेको र बिल ड्राफ्टको प्रकृयामा रहेको छ । उनी नै सम्मिलित हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत आउने आउने यस बिल बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

बिलका लागि अनुरोध भइसकेको र अहिले बिल ड्राफ्टको प्रकृयामा रहेको भण्डारीले जानकारी दिए । बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ । यो बिल उनी नै सम्मिलित हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत आउनेछ । दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान रहेको यस बिल झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ ।

सामान्य नेपाली परिवारमा नै जन्मिएका ह्यारी भण्डारी पर्वत जिल्लामा जन्मिएर अमेरिकाको सांसद सम्मको हैसियतमा काम गरिररहेका ब्यक्ती हुन् । सरकारी बिद्यालयबाट नै आफ्नो स्कुले जीवन पार गरेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् । सामाजिक र राजनितीक सवल छवि बनाएका उनि अमेरिकी राज्य अन्तरगतको उच्च पदका निर्वार्चित सांसद भएर पनि सधैं नेपाली भाषा, संस्कृति र मौलिकताको पक्षमा उभिदैं आएका छन् ।

सन् २०१८ को निर्वाचनमा भएका भण्डारीले राज्य सांसदका रुपमा सन् २०१९ को जनवरीदेखि काम गरिरहेका भण्डारीले देश फेरिएपनि उसले मान्दै आएको संस्कार नफेरिने बताउँदै यति धेरै नेपाली समुदाय भएको मुलुक र स्वयं मेरिल्याण्ड राज्यमा समेत दशैंका समय र बिषेशत बिजयादशमी अर्थात टिकाको दिन उहि संस्कार अपनाउँदै आएपनि यस पर्वले मान्यता नपाएका कारण दशैंको टिका जमरामा नेपालीहरु बाहिर निस्कदा समेत गैर नेपाली समेतलाई अनौठो लाग्ने र ब्यक्ती स्वयंलाई समेत निधार भरीको अक्षतामा बाहिर निस्कन अझैं पनि सहजदा नदेखिएकाले यस प्रकारको मान्यताको आवश्यकता महशुष गरिएको हो । जसका कारण यस पर्वको महत्व र उत्साहबारे गैर नेपाली समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्छ ।

जन्मभूमिको मायालाई भौगोलिक दुरीले रोक्न नसक्ने मान्यता राख्ने भण्डारी ति ब्यक्ती हुन् जसले अमेरिकी सदनमा आफ्नो सपथ ग्रहण समेत बेदलाई साक्षि राखेर गरेका थिए । जवकी उनि सम्पूर्ण रुपमा अमेरिकी नागरिकको हैसियतमा छन् । आफ्नो कार्यालयमा नेपालको झण्डा र नक्सा राखेका भण्डारी नेपाली संस्कृति र पहिचानलाई उचो देखाउन सदैव तत्पर रहने ब्यक्ती हुन् ।

आफु जहाँ पुगेपनि आफु जन्मिएको माटोलाई संधै स्मरण गर्नु पर्ने बताउँदै आएका उनलाई नेपालको झण्डा र नक्साले आफ्नो धरातल सम्झाउने गरेको आभाष हुन्छ । त्यसैले पनि उनको कार्यकक्षमा सगर्व नक्सा र झण्डा राखेका हुन् ।

समाचार स्रोत : खसोखास

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!