लस एन्जलस – प्रवासी नेपाली समुदायको गौरवको एउटा धरोहर श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको नयाँ कार्यसमितिमा मुकुन्द ढुंगाना निर्वाचित भएका छन । फाउन्डेशनको संशोधित बिधानानुसार आगामी दुई बर्षको कार्यकालको लागि ढूंगानाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिको चयन भएको छ।
नव निर्वाचित कार्यसमितिमा मुकुन्द ढुंगाना : अध्यक्ष, बिमल श्रेष्ठ : प्रथम उपाध्यक्ष, नीरा पाण्डे : द्वितिय उपाध्यक्ष, नेत्र मैनाली : तृतिय उपाध्यक्ष, डिल्ली थापा : चतुर्थ उपाध्यक्ष र राजेश पाण्डे पांचौ उपाध्यक्ष निर्वाचित भएका छन । साथै रामेश्वर भण्डारी : महासचिव, एकदेव शर्मा : सह-सचिव, भिमप्रसाद ढकाल कोषाध्यक्ष र कोषराज थपलिया : सह-कोषाध्यक्षमा निर्वाचित भएका छन भने सदस्यहरुमा रामबाबु पाण्डे, लालमती बस्नेत कार्की, शुसिल चौगाई, नविन पोखरेल, चन्द्र सिवाकोटी, केशर भन्डारी निर्वाचित भएका छन ।
मन्दिर स्थापनार्थ रकम दान गरेका दाताहरुले प्रदान गरेको रकमको आधारमा ट्रस्टी र आजीवन सदस्यको निर्धारण गरेको निवर्तमान कार्यसमितिको संशोधित बिधानले नयाँ कार्यसमिती निर्माणको लागि राजेन्द्र सिवाकोटीको संयोजकत्वमा बेदभक्त जोशी, भक्त थापा, मदन पाठक र एकराज पाण्डे सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचनको अन्तिम तालिका सम्मको अवधिमा सह-सचिव पदमा सिद्दार्थ सिलवाल र एकदेव शर्मा, चौथो उपाध्यक्षमा डिल्ली थापा र ज्ञानेन्द्र गुरुङ्ग र पांचों उपाध्यक्षमा रामचन्द्र लामिछाने र राजेश पान्डेबिच चुनाव हुने स्थितिमा सिद्दार्थ सिलवालले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । बांकी सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको थियो ।
गत शनिवार र आईतवार तोकिएको चौथो उपाध्यक्ष पदका उम्मेद्वारद्वय डिल्ली थापा र ज्ञानेन्द्र गुरुङ्गको बिच भएको निर्वाचनमा डिल्ली थापाले १८ मत बढि ल्याएर विजयी भएका छन भने पांचौ उपाध्यक्ष पदका उम्मेद्वारद्वय राजेश पाण्डे र रामचन्द्र लामिछानेको बिच भएको निर्वाचनमा राजेश पाण्डे पनि १८ मतको अन्तरले विजयी भएको निर्वाचन समितिले जनाएको छ
समाचार स्रोत : खुल्लामंच डट कम
प्रतिक्रिया