US Khabar

समाजसेवाको भोक छ भने मात्र एनआरएनएको चुनाव लडौं -सन्देश उप्रेती

- Admin | २ वर्ष पहिले प्रकाशित

समाजसेवाको भोक छ भने मात्र एनआरएनएको चुनाव लडौं -सन्देश उप्रेती

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचन (२०२१\०२३) का लागि उमेद्वारी दिनेहरु एक प्रकारको मानसिक तयारीमा देखिएका छन् । यद्यपी कोभिड-१९ ले आक्रान्त अमेरिकामा अझै पनि उत्साहको माहौल बनिसकेको छैन । यसको प्रभाव एनआएनए अमेरिकाको नयाँ कार्यसमितीमा पनि धेरै हदसम्म परेको देखिन्छ । सन्त्रासको माहौलमा विश्व समुदाय गुज्रीरहेको भएपनि अमेरिकामा रहेका अन्य संस्थाले झैं एनआरएनए अमेरिकाले पनि निर्वाचनको तयारी सुरु गरेको छ । जसको उदाहरणमा नयाँ सदस्यता बितरण तथा नविकरणलाई तिव्र रुपमा संस्थाले अघि बढाईरहेको छ ।

यसै बिच लामो समय देखी अमेरिकाको टेक्ससमा रहेर सामाजिक सक्रियताको छवि बनाएका युवा ब्यवसायि सन्देश उप्रेती यो पटकको चुनावमा पनि संभावित उमेद्वारको रुपमा देखिएका छन् । एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको को चियरको भूमिकामा रहेर नेपाली बिद्यार्थी तथा युवा वर्गको नेतृत्वदायि भूमिकामा देखिएका उप्रेतीले आफु यस पदमा रहँदा नेपाली बिद्यार्थी तथा युवा र एनआरएन बिचको सेतुको भूमिकामा देखिदैं आएको पाईन्छ । टेक्ससको फोर्थ वोर्थ शहरमा रहेर घर जग्गा ब्यवसायि [ Realtor ] का रुपमा समेत राम्रो व्यवसायिक छवि बनाएका उप्रेती टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायमा भै परि आउने समस्यामा प्रायजसो प्रत्यक्ष संलग्न रहेको देखिन्छ । बर्तमान कार्यसमिती (२०१९-०२१ )को निर्वाचनमा सचिव पदमा उमेद्वारी दिएका उनि यस पटक पनि सोही वा अन्य कुनै पदमा उमेद्वारका रुपमा देख्न सकिने आशंका धेरैको छ । यद्यपी उनले भने यस बिषयमा डिप्लोम्याटिक जवाफ दिएका छन् ।

युथ फोर्समा को चियरका रुपमा रहँदा उनले युवा र बिद्यार्थीका लागि पनि एनआरएनए छ है भन्ने वातावरण सृजना गर्नमा सधैं प्रयासरत र सफल रहेको देखिन्छ । यहाँ रहेका नेपाली बिद्यार्थीका समस्या समाधान र सुनुवाईका लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीसंग सहकार्यका लागि सिधा छलफल कार्यक्रम समेत भएको थियो भने समस्या समाधानका लागि उनि स्वयंले समेत पहल गर्ने गरेको पाईन्छ ।

एनआरएनए अमेरिका यहाँ रहेका सबै नेपालीको साझा संस्था भएकोले यसको प्रकृया अनुरुप रहेर सदस्यता लिनु सबैको अधिकारको कुरा समेत भएको बताउँदै उप्रेतीले सबै टेक्सास बासि संगै सम्पूर्ण अमेरिकाबासी नेपालीलाई आगामी फेब्रौरी १५ गते सम्ममा सदस्यता लिन पनि अनुरोध गरेका छन् ।

अब आउदै गरेको निर्बाचनका बारेमा यूएस खबरकर्मीले उप्रेतीसंगको फोन सम्पर्कमा राखेको प्रश्नमा उनको जवाफ

– यस पटक को निर्बाचनमा तपाँईको तयारी कस्तो छ ?

अहिले नै यति छिटो यो बिषयमा चर्चा गर्नु उचित हो जस्तो लाग्दैन तर भोलि आउने दिनमा यदि तपाईहरु जस्तै युवा साथी भाइले सपोर्ट गर्नु हुन्छ भने अबस्य पक्कै पनि यो उहाँहरुको विश्वासलाई पुरा गर्नु आफ्नो कर्तव्य सम्झनु पर्ने हुन्छ मैले । त्यसैले म कुनै न कुनै रुपमा सस्था भित्र रहेर जिम्मवारी लिन तयार छु ।

– सस्था भित्र त एक कार्यकाल काम गरि सक्नु भयो नि , अब फेरि टाक्स फोर्समा नै मै रहने कि अरु कुनै पद रोज्नु भएको हो ?

पद रोज्ने कुरा होइन र रोज्दिन पनि , तर पनि प्रबासमा रहेका नेपालीहरुको ठुलो सस्था एनआरएनएमा रहेर एक कार्यकाल काम गरि सकेकाले अब अलि केहि नेतृत्वमा जाउँ कि भन्ने सोच सुरु भएको छ । यो मेरो मात्र सोचले पुरा हुने कुरा पनि होईन । तपाईहरु मलाई सल्लाह सुझाब दिनुस । कसरी काम गर्दा यहाँ रहेका नेपालीको भावनालाई पनि समेट्न सकिएला त्यो पनि भन्नुहोस मैले के गर्दा ठिक हुन्छ । नयाँ कार्यकाल का लागि कहाँ , कसरि अगाडी बढु म ? म सधै तपाई हरुकै सल्लाह बमोजिम अगाडी बढ्ने छु । मेरो लागि पद मात्र प्राप्त गर्नुले खाषै अर्थ राख्दैन जव साँच्चै नै तपाँईको विश्वास प्राप्त हुनेछ, त्यो मेरो जीत हो ।

NCC केन्द्रमा जाने कि च्याप्टरमा नै रहेर काम गर्ने ईच्छा हो तपाँईको ? यदि भन्न मिल्छ भने ?

हेहेहेह भन्न मिल्छ नि, अहिले यति बेला मैले कुनै तेस्तो पद सोची हालेको छैन तर पनि खोइ किन हो एक पटक च्याप्टरको नेतृत्वमा पुगेर काम मन छ र आशा छ टेक्सासमा रहने र मलाई चिन्ने जति सम्पूर्णको पूर्ण साथ् र सहयोग पनि रहन्छ भन्ने कुरामा । म केन्द्रमा हुँ या च्याप्टरमा त्यो महत्वपूर्ण होईन महत्वपूर्ण यो हो की मैले साँच्चै नै मेरो कार्यक्षेत्र भित्र विशुद्ध सामाजिक भावले काम गरिरहेको छु कि छैन या मेरो एनआरएनएप्रतिको सोच के हो, म पद र नाम र ब्यक्तीगत फाईदाको लागि आउँदैछु या म भित्र सामाजिक सेवा भावको भोक छ । त्यसैले ं तपाँईहरुले जुन पद र स्थानका लागि मलाई योग्य देख्नु हुन्छ म खुसीखुसी काम गर्ने छु ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!