भारतको उत्तराखण्ड सरकारले १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाएको छ । राष्ट्रिय बालिका दिवसको अवसर पारेर उत्तराखण्ड सरकारले हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया सृष्टि गोस्वामीलाई आज एक दिनका लागि मुख्यमन्त्री बनाएको हो ।
जनवरी २४ अर्थात रााष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टीलाई मुखयमन्त्री बनाउनुको कारण उत्तराखण्ड सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउनु रहेको उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताएकी छन् ।
हाल रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टिलाई यस अघि पनि सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । यो पटक आफु मुख्यमन्त्री बनेकोमा सृष्टीले खुसी ब्यक्त गर्दै यस पदिय विश्वासले आफुलाई विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल र काम गर्नमा मद्यत पुगेको बताएकी छन् ।
यस सम्मानले आफुलाई सामाजिक कार्यका लागि महत्वपूर्ण अवसर र चुनौती दुवै प्रदान गरेको बताएकी सृष्टीले यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्ने र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम भएको पनि बताईन् ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतको सहभागीतामा सम्पन्न कार्यक्रममा सबैले उनको बौद्धिकता र लगनशिलताको प्रशंसा गरेका छन्
।
प्रतिक्रिया