नब मोडल रिया हरिजोनको मोडलिङ मोह

2343

काठमाडौँ: ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल रिया हरिजोन l आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल रियाले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन l मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले नब मोडल रिया हरिजोन लागेकी छिन l

काठमाडौँ थानकोट बस्दै आएकी रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा राम्रो दख्खल भएकी रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो l विभिन्न सौन्दर्य प्रतियोगिता तथा र्याम्प शो हरुमा भाग लिएर उनले आफ्नो कला समेत प्रस्तुत गरिसकेकी छिन l उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l हासी रहने शालीन स्वभाबकि रिया यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन l सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, रिया अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l नब मोडल रिया हरिजोन भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

Comments

comments