US Khabar
  • पाटनदेखि पोर्टल्याण्डसम्म खेलकुदमा जमेका दिवाकर

    - Sushma Devkota - www.uskhabar.com | ६ महिना पहिले प्रकाशित

    पाटनदेखि पोर्टल्याण्डसम्म खेलकुदमा जमेका दिवाकर

    राजधानीको पाटन स्थित एलमुल सौगलमा जन्मिए दिवाकर महर्जन । उनि नौ बर्षको हुँदा उनका बुवाको निधन भयो । आमा र दाईहरुसंग हुर्किदैं गएका उनमा खेलप्रति झुकाव बढ्यो । उनि किङ अफ मार्सल आर्टका रुपमा विश्व चर्चामा रहेका ब्रुस लीका मुभीहरु हेर्थे । अमेरिकामा जन्मेका ब्रुस लीबाट प्रभावित भएका त्यो समयका दिवाकर यति बेला अमेरिकामा नै तेक्वान्तो प्रशिक्षकका रुपमा बिभिन्न उमेर समुहलाई तेक्वान्तो सिकाईरहेका छन् यो एउटा संजोग थियो तर उनि आजका दिवाकर महर्जन बन्नका लागि मेहनत, ईमन्दारीता, लगाव र जीवनका बिभिन्न कालखण्ड खर्च भएका छन् ।

    सानेपाको टिका बिद्याश्रमबाट एसएलसी पास गर्दाका दिन सम्म उनले आफ्नो लक्ष्य पूर्ण रुपमा तय गरिसकेका थिए । उनका ठुला दाई र आफन्त दाई पनि खेलकुद क्षेत्रमै भएकाले उनले करिव १२ बर्षको उमेरबाट प्रशिक्षण लिन सुरु गरे । सानोमा पातलो जिउडालका थिए उनि । त्यसैले आमा भन्नुहुन्थ्यो, तिमी यति दुब्लो छौ कहाँ खेल्न सक्छौ । आमाको मनमा बालक छोरा लड्ला चोटपटक लाग्ला भन्ने डर थियो । त्यसैले उनले आमालाई १ बर्षसम्म झुट बोले । बिहानै खेल्न पुग्नु पर्थ्यो, उनि ४ बजे नै घरबाट निस्कन्थे, साथीहरुसंग पढ्न जान लागेको, टिउसन छ लगायतका बहाना बनाएर । खाद्यान्न संस्थानको छेवकै खाली चौरमा उनि प्रशिक्षार्थीका रुपमा खेल्थे ।
    त्यो समय राजधानी बाहिरबाट खेलकै लागि भनेर आउनेहरु एकदम कम थिए । सन् १९८३ बाट बिभिन्न अञ्चल स्तरिय खेल जित्दै खेलाडीहरु राजधानी भित्रन सुरु गरेका हुन् । रंगशालामा खेल खेल्न जाँदाका दिनहरु सम्झदैं दिवाकर भन्छन् अनुसाशन पूर्वक खेल्ने, मेहनती र कुशल खेलाडी भएकनले त्यो बेला बाट नै उनलाई अन्य खेलाडीको जिम्मा दिईन्थ्यो । यसरी हेर्दा उनले सुरुवाती दिनबाट नै प्रशिक्षकको लक्ष्य बोकेको देखिन्छ । यातायातको सुविधा समेत थिएन सहज रुपमा रंगशाला सम्म आईपुग्न । उनि कहिले लगनखेलबाट बस चड्थे कहिले पाटनढोकाबाट । यो बेला उनको मनमा लागिरहन्थ्यो कमसेकम पाटनमा पनि एउटा प्रशिक्षण केन्द्र भए खेल्न चाहनेहरुले यो सास्ती पाउनु पर्थेन । खोल्न त खोल्ने प्रशिक्षण केन्द्र तर कहाँ खोल्ने अन्यौल पनि थियो, त्यो समयमा पनि राजधानीमा गाँँजा चरेस खाएर बलारिने केटाहरुको बिगवगी थियो । महिला र छोरी चेली साँझ ६ बजेबाट घरबाहिर हिड्न समेत डराउँथे । अन्तत उनले साथीहरुको सहयोगमा मैत्री तेक्वान्तो डोजांङ नामक प्रशिक्षण स्कुल परिषद्मा दर्ता गरेर खोले २०४९ सालमा । जुन डोजांङ नेपालमा स्थापना भएको पहिलो डोजंङ हो ।
    अत्यन्त कुसल खेल क्षमता भएका उनले रेड बेल्ड प्राप्त गर्दाबाट नै प्रशिक्षक यात्रा सुरु गरेका हुन् । राष्टिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रुपमा लामो समय काम गरेका उनि परिषद्का जागीरे भएर कञ्चनपुर डडेल्धुरा लगायतका जिल्लाहरु पुगेर १ बर्ष त्यहीँ बसेर काम गरे ।
    नेपाली खेल जगतमा राम्रो खेलाडी र प्रशिक्षकको छवि बनाईसकेका उनि सन् १९९४ मा अमेरिका आए । जतिबेला उनि खेल बिषयमा चिन्तन गर्थे उनको मनमा लाग्थ्यो अन्य देशहरुमा खेलाडीको अवस्था र त्यहाँका प्रशिक्षकको क्षमता कस्तो होला । नभन्दै उनलाई यो मौका मिल्यो । उनको खेल जीवनलाई नजिकबाट चिनेका गुरु थिए कोरियन गुरु जे के सिंह । उनि अमेरिका भएका समय पनि जेके सिंह र दिवाकरको बाचचित भै रहन्थ्यो । उनि अमेरिकाबाट नेपाल आउँदा जे के सिंहले उनलाई प्रशिक्षणका हिसावले अमेरिका आउन सुझाव दिएका थिए पछि उनि फर्किएपछि सोही ट्रनिङका शिलशिलामा उनलाई बोलाईयो र सन् १९९४ मा अमेरिका आए ।
    अमेरिका नौलो ठाउँ थियो, नेपालमा बोलिने अंग्रेजीले त्यहाँ नपुग्ने हुँदा धेरै नेपालीलाई जस्तै उनलाई पनि सुरुवाती दिनमा भाषागत समस्या देखियो, यद्यपी उनि चिनेजानेकै ब्यक्तीबाट बोलाईएकाले उनका लागि त्यती धेरै समस्या पनि झेल्नु परेन । उनलाई बोलाएका गुरु जे के ले अन्य साथीहरु पनि चिनाईदिए । सुरुमा उनले केही महिना स्टोरमा समेत काम गरे । पछि गुरु, यम पुन र बिधान लामासंगको चिनजान पछि उनले प्राईभेट प्रशिक्षकका रुपमा अमेरिकनहरुलाई प्रशिक्षण दिन थाले । छोटो समयमा नै उनले आफ्नो गन्तब्यको लय समाते जसको कारण उनि आफैंले ट्रेनिङ स्कुल संचालन गर्ने सोच बनाए ।

    युएस वल्र्ड क्लास तेक्वान्तो एसोसियश हलिउडका अध्यक्ष, विश्व तेक्वान्तो महासंग अन्तरगत फर्स क्लास अन्तराष्ट्रिय रेफ्री, एनआरएनए अमेरिका ओरेगन च्याप्टरका अध्यक्ष लगायतका खेलकुद तथा समाजिक क्षेत्रका अनुभव संगालेका उनि नेपाली खेलाडीको अवस्था र खेल जीवनबारे संधै उत्सुक र संवेनशिल ब्यक्ती हुन् जसको उदाहरणमा उनि आफ्नै खर्चले एसियन गेम, ओलम्पिक गेम समेत हेर्न गएको सन्धर्वलाई लिन सकिन्छ ।

    आज त्यो स्कुलमा बिभिन्न देशका भिन्न भिन्न उमेर समुहका बिद्यार्थी तेक्वान्तो सिक्न आउँछन् । मध्यान्न ३: ३० बजेबाट क्लासहरु सुरु हुन्छन् र ८ बजे सकिन्छन् । अन्य प्रशिक्षकहरु प्नि छन् तर दिवाकर पुरा समय सोही स्कुलमा भेटिन्छन् । उनको स्कुलमा साडे ३ बर्षको बच्चाबाट ७७ बर्ष उमेरका बृद्ध समेत तेक्वान्तो सिक्न आउँछन् । कतिपय बच्चाहरु अविभावक संग आउँदा यसमा रुची देखाउने गरेको पनि पाईन्छ, बच्चाको ईच्छाले उसको मार्ग निर्माण गर्न सक्छ भनेर उसको संभावना नरोक्किवस् भनेर ३ बर्ष उमेरकै बालबालिकालाई पनि ट्रेनिङ दिनु पर्ने हुन्छ कतिपय समय । उनको प्रशिक्षया केन्द्रले सन् २००० देखी लगातार अन्तराष्ट्रिय खुल्ला तेक्वान्तो प्रतियोगीता , अमेरिकामा, बेलायत, भारत हंङकङं लगायत देशमा प्रतियोगीता आयोजना गर्दै आएको छ । ग्रयाण्डमास्टर महर्जनलाई नेपालको राम्रो महिला खेलाडी मिनु कार्की महर्जन जिबन साथीको रुपमा पाए पछि खेलकुदको साथै स्कुल संचालनमा धेरै सहयोग मिलेको छ ! कार्कीले पनि बिधार्थीलाइ राम्रो प्रशिक्षण दिने गरिकी छन् !

    नेपाल र अमेरिकाको सिकाई भिन्नता बारे उनि भन्छन् ‘नेपालमा लामो समय काम गरें कहिले खेलाडी कहिले प्रशिक्षक भएर । मेरो अनुभवमा नेपालमा च्याम्पियन मात्र बनाउने उदेश्यले सिकाईन्थ्यो तर अमेरिकामा ईन्करेज गरेर, राम्रो गर्न नसकेको अवस्थामा पनि हौसला प्रदान गरेर, उसको मानसिकतालाई ध्यानमा राखेर, उसको क्षमता अनुसार कुन तरिकाले उसलाई सिक्न सजिलो हुन्छ लगायतका कुरामा प्रशिक्षकको ध्यान जाने गर्दछ । जसले गर्दा सिक्न आउने समेतलाई एक प्रकारको सहज र उत्साहित बातावरण सृजना हुन्छ ।

    उनको स्कुलमा ट्रेनिङ लिन आउनेहरु मध्य नेपालीहरुको संख्या अत्यन्त न्युन रहेको छ यस बिषयमा उनि भन्छन् । चाहेर पनि सबैले आफु र आफ्ना बच्चाहरुलाई हाम्रो स्कुल सम्म ल्याउन सकेका हुँदैनन् किनकी एक त अत्यन्त ब्यस्त दैनिकी र अर्को अमेरिकामा छरिएर रहेका नेपाली परिवार जो कार्यस्थल हेरेर बसोबास गर्ने गर्दछन् त्यो हुँदा जम्मा ० .१ प्रतिशत मात्र हुन्छन् नेपाली प्रशिक्षार्थी ।
    यती लामो जीवन खेल कर्ममै बिताएका दिवाकर महर्जनलाई लाग्छ खेल मानिसका लागि औषधी हो । यसले मानसिक र शारिरिक दुवै तनावलाई कम गर्ने गर्दछ । तेक्वान्तोका बिषयमा पनि उनको धारणा छ, स्वस्थ्य र नाम मात्र होईन आफ्नो ब्यक्तीगत सुरक्षाका लागि पनि हर कोहीले तेक्वान्तो सिक्दा हुन्छ । अझ छोरीहरुलाई त यो अनिवार्य नै बनाएपनि नतिजा राम्रो नै आउँछ । उनिहरुमा म कसैले केही गरे यो तरिकाले प्रतिकार गर्न सक्छु भन्ने हिम्मत पनि भरिन्छ ।
    जीवनको करिव ४ दशक खेल जीवनमै बिताएका महर्जन नेपाली खेल जगतमा पछिल्लो समय आएको सकारात्मक परिवर्तनप्रति खुसी देखिन्छन् तर अमेरिकामा बिताएका २६ बर्षलाई फर्केर हेर्दा अझै पनि ठुलो सम्भावना भएका खेलाडीहरु सिमित दायरामा नै खुम्चिनु पर्ने वाध्यता हटेको हेर्ने धोको छ उनलाई । आफ्ना बच्चाहरुमा खेलकुदको संभावना पहिल्यान नसक्दा पनि कतिपय अविभावक र स्कुलले उनिहरुको खुवि पहिल्याउन नसकेको देखिन्छ, यसले गर्दा ति बच्चाहरु अर्कै बाटोमा मोडिएका पनि छन् । उनले माथी उल्लेख गरेझैं उनको ट्रेनिङ सेन्टरमा तोतेबोलीका बालक देखी बयोबृद्धहरु खेल सिक्न उत्साहित हुँदा हाम्रा देशका नागरिकमा अव त उमेर सक्कियो के खेल सिक्न जानु भन्ने मानसिकताका कारण पनि पछि परेको आभाष हुन्छ दिवाकर महर्जनलाई ।

    सानै उमेरबाट सुरु गरेको उनको खेल यात्राले दशकौंको यात्रा पार गरेको छ । यूएस खबरका तर्फबाट ग्राण्ड मास्टर दिवाकर महर्जनलाई सफल प्रशिक्षण यात्राको निरन्तर शुभकामना ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!