US Khabar

NRNA अमेरिका: टेक्ससका श्री कृष्ण गौतम बोेर्ड अफ डाईरेक्टर पदका लागि सुझाव संकलन गर्दै

- Admin | २ वर्ष पहिले प्रकाशित

NRNA अमेरिका: टेक्ससका श्री कृष्ण गौतम बोेर्ड अफ डाईरेक्टर पदका लागि सुझाव संकलन गर्दै

कोरोनाको चरम संन्त्रास छिचोलेर विस्तारै अन्य देशहरुमा झै अमेरिकामा पनि मानिसहरु आफ्नो पुरानै जीवनमा फर्कन थालेका छन्, यो वाध्यता र आवश्यकता दुवै हो । यसैबिच गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यसमिती निर्वाचनको तयारी देखिन थालेको छ ।

निर्वाचन आउन अझै केही महिना बाँकी रहेको निर्वाचनका लागि सदस्यता वितरण भै रहेकाले पनि उमेद्वारले सामाजिक संजाल या ब्यक्तीगत वक्तब्य मार्फत आफ्नो उमेद््वारीबारे बोलिसकेका छैनन् ।

यसै बीच टेक्सासमा बसोबास गरिरहेका श्रीकृष्ण गौतमले सामाजिक संस्थाको जिम्मेवारीमा जानु पूर्व अमेरिका तथा टेक्ससबासी नेपालीको सुझाव, सल्लाहले महत्वपूर्ण अर्थ राख्ने भन्दै आफुले आसन्न निर्वाचन २०२१ ०२३ का लागि बोेर्ड अर्फ डाईरेक्टर पदमा उमेद्वारी दिने सोच बनाएकोले सबैले यसबारेमा सुझाव दिन अनुरोध गर्दै सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उमेद्वारीलाई लिएर धारणा सार्वजनिक गरेका हुन् ।

बिगत १६ बर्ष देखी अमेरिकामा रहेर ब्यक्तीगत रुपमा यहाँ रहेका नेपाली समुदायसंग सामाजिक रुपमा निकट रहेका गौतमले समाजसेवामा सहभागी हुनसके अझबढी सेवाको दायरा बढाउन सकिने महसुस गरेर एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निवार्चनमा बोर्ड अर्फ डाईरेक्टर पदमा उमेद्वारी दिन लागेको बताएका छन् ।

गौतमले आफुले बिशुद्ध सामाजिक सेवा भावले यस पदमा उमेद्वारी दिन लागेकाले मतदाताका रुपमा रहेका सबैकोे सुझावले महत्वपूर्ण अर्थ राख्ने भन्दै आफ्नो उमेद्वारीप्रतिका सल्लाह र सुझाव नै निर्णयक धारणा हुने आसय ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!