US Khabar

सातौं बर्षगॉठको अबसरमा लवक नेपाली समाजद्वारा सहयोग

- Admin | २ वर्ष पहिले प्रकाशित

सातौं बर्षगॉठको अबसरमा लवक नेपाली समाजद्वारा सहयोग

अमेरिका, टेक्सासको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले महावीर पुनद्वारा स्थापित राष्ट्रीय आविष्कार केन्द्रको लागी १००० डलर सहयोग गरेको छ । त्यसैगरि संचारकर्मी सच्ची मैनालीले सन्चालन गरेको #कसैलेपनि_भोकोबस्न_र_भोकै_मर्ननपरोस्_अभियानका लागी $५०० डलर सहयोग गरेको छ । संस्थाले ७ औं बार्षिक उत्सवको अवसरमा उत्त सहयोग गरेको जनाएको छ । जसकालागी संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाएको हो । यसै अवसरमा गत शनिबार रत्तदानको आयोजना समेत गरेको थियो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले वताए ।

यसअघि पनि सामाजिक कार्यहरू गर्दै आएको लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखी लमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गरिसकेको छ । त्यसैगरि एनआरएन अमेरिकामार्फत नेपालमा वाढीपहिरोपीडितका लागी समेत सहयोग गरिसकेको उक्त संस्थाले पछिल्लो पटक कोरोनाको मारमा परेका विद्यार्थी र स्थानियलाई खाद्यान्न सहयोग गरेको थियो । प्रवासमा रहेर पनि यहॉका नेपालीहरूले जन्मभूमिप्रतिको माया र सदभाव कायम गरिरहेको छन् । यहॉ २ देखी ३ सयको हाराहारीमा नेपालीहरू रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!