US Khabar
  • न्यूयोर्कबाट हराएका नेपाली विद्यार्थी अजय शाह फेला नपरेपछि प्रहरीले जारी गर्यो सार्वजनिक अपिल

    - Admin | १ महिना पहिले प्रकाशित

    न्यूयोर्कबाट हराएका नेपाली विद्यार्थी अजय शाह फेला नपरेपछि प्रहरीले जारी गर्यो सार्वजनिक अपिल

    एक सातादेखी न्युयोर्कबाट हराईरहेका नेपाली बिद्यार्थी अजय शाहको खोजिका लागि प्रहरीले सुचना जारी गरेको छ । गत जनवरी १८ देखि हराइरहेका शाह लामो समय सम्म सम्पर्कमा नआएपछि म्याडिसन प्रहरीले उनको खोजिका लागि सार्वजिनक सुचना जारी गरेको हो ।
    न्युजर्सीको मेडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत २२ बर्षिय शाहको पुख्यौली घर सिराहा हो । उनको परिवार हाल किर्तिपुरमा बस्दै आएको छ ।

    जनवरी १८ बाट उनि सामाजिक संजाल फेसबुक र फोन सम्पर्कमा नआएपछि आफुहरुले प्रहरीलाई खबर गरेको भएपनि प्रहरीले अजयको खोजिमा अत्यन्त ढिलाई गरिरहेको गर्दै आएको परिवारको गुनासो छ ।

    म्याडिसन प्रहरीले अजय शाहको हुलिया बिवरण सहित उनको खोजिको लागि सार्वजनिक अपिल गरेको छ । जसमा उल्लेख अनुसार अजय शाहको उचाई ५ फिट ५ ईन्च रहेको छ भने कालो आँखा र कपाल भएका उनको तौल अन्दाजी १२५ पाउण्ड रहेको छ ।

    म्याडिसन प्रहरीले उनलाई कसैले फेला पारेमा उनका बारेमा सुचना प्राप्त गरेमा फोन नम्बर ९७३ ५९३ ३००० मा खबर गरिदिन पनि अनुरोध गरेको छ ।
    यता भाई सम्पर्क विहिन भएपछि उनलाई खोज्दै दाजु शिव शाह न्युयोर्क आइपुगेका छन् । बिसाल देश अमेरिकामा हराएको २२ बर्षको उमेरको आफ्नो भाई फेला पर्ला भन्ने आसमा आएका अजयका दाजुले अमेरिका र न्युयोर्कबासी नेपाली समुदायलाई आफ्नो भाईलाई खोज्नमा आ आफ्नो तर्फबाट सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।

    उनको बैंकको ट्रान्जेसक्सन हेर्दा जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ । जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कार्डमा पनि कुनै ट्रान्जेक्सन नदेखिएको जनाइएको छ ।तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">