US Khabar

अन्तराष्ट्रिय मान्छेको चर्चाकै बेला बिमर्षि र बविनाको ‘आएन चाईनाको रेल’ सार्वजनिक (भिडियो)

- Admin | २ वर्ष पहिले प्रकाशित

अन्तराष्ट्रिय मान्छेको चर्चाकै बेला बिमर्षि र बविनाको ‘आएन चाईनाको रेल’ सार्वजनिक (भिडियो)

पछिल्लो समय चर्चामा रहेका गायक गायिकाद्वय हरी गिरी विमर्षी र गायिका बविना किराँतीको नयाँ गीत ‘आएन चाईनाको रेल’ सार्वजनिक भएको छ । गायक विमर्षी स्वयंको शब्द संगीत रहेको यो गीत भिडियो सहित सार्वजनिक भएको हो ।

गोल्डेन मुड क्रियशन प्रालीले टेक्निकल जिम्मा लिएको यस गीतको भिडियोमा कलाकार सागर लम्साल र टुईन्स टिकटक गर्ल प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । जसको जोडी अत्याधिक दर्शकले मन पराउँदै आएका छन् ।

गम्भिर विष्टको निर्देशनमा निर्माण भएको भिडियो डान्सिङ विटमा आकर्षक अभिनयका साथ आएको सांगीतिक बजारमा आएको छ । गीतले राजनितिक चर्चामा रहेको ‘चाईनाको रेल’ नेपाल आउने प्रशंगलाई कलात्मक गीति रुपमा प्रयोग गरेको छ ।

प्रभात लामा ललित मिडिया संयोजक रहेको यस गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् ।

गायक हरी गीरी बिमर्षी र गायिका बविना किराँतीको केही साता अघि मात्र यूएस खबर नेटवर्कबाट सार्वजनिक ‘अन्तराष्ट्रिय मान्छे’ बोलको गीत र भिडियो यति बेला चर्चामा रहेको छ । लाखौं सकारात्मक प्रतिकृया बटुलिरहेको यो गीतमाथी छोटो समयमा नै देश \विदेशमा रहेका बिभिन्न उमेर समुहका नेपालीहरु मार्फत टिकटक बनिरहेका छन् ।

करिव २ बर्ष देखी चर्चामा रहिरहन सफल गायक\गायिका द्वय विकर्षी र वविनाको आवाजमा रहेको गीत ‘ओई भन्यो मायाले झ्यालबाट’ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखी स्रोता\दर्शकले उहि क्रेजका साथ रुचाईरहेको गीत हो ।

‘आएन चाईनाको रेल’

अन्तराष्ट्रिय मान्छे

‘ओई भन्यो मायाले झ्यालबाट’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!