US Khabar

निर्वाचनबारे बोल्दै NRNA अमेरिकाले जारी गर्यो नयाँ सदस्यता तथा नविकरणका लागि पुन: सार्वजनिक अपिल

- Admin | २ वर्ष पहिले प्रकाशित

निर्वाचनबारे बोल्दै NRNA अमेरिकाले जारी गर्यो नयाँ सदस्यता तथा नविकरणका लागि पुन: सार्वजनिक अपिल

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाले सदस्यता वितरण तथा नविकरणका लागि पुन यहाँ रहेका नेपालीहरुमा सार्वजनिक अपिल गरेको छ । यस अघि पनि पटक पटक संस्थागत र पदाधिकारी स्वयंको ब्यक्तीगत तर्फवाट पनि सदस्यताका बिषयमा सार्वजनिक वक्तब्य सार्वजनिक हुँदै आएकोमा पुनश्च यस बिषयमा संस्थागत धारणा आएको हो ।

संस्थाले यस पटक पनि नयाँ सदस्यता लिन र नविकरणका सबै अमेरिकाबासी नेपालीहरुमा आग्रह गर्दै चुनावका बारेमा पनि आफ्नो धारण संक्षिप्त रुपमा राखेको छ ।

जसमा उल्लेख भए अनुसार संघलाई विधि, पद्दती र संस्थागत ढंगवाट अघि बढाउनका लागि संघको विधानले निदृष्ट गरेको निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राखी प्रत्येक नयाँ कार्यसमिति चयन हुनुअघि त्यस कार्यसमिति चयन गर्न मतदानमा भाग लिन पाउने सदस्यहरुको सुनिश्चितता गर्नुपर्ने भएकाले त्यसै पक्षलाई ख्याल गरी दु्रत गतीमा बितरण भैरहेको अव आउने वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सदस्यता वितरण, नविकरण र साथै आजिवन सदस्यताका लागि अनुरोध गरिएको छ ।

यस्तो छ एनआरएनए अमेरिकाले सार्वजनिक गरेको सुचना अपिल

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!