पछिल्लो समय युवा पुष्तामाझ अत्याधिक चर्चामा रहेको गीत मेरो ‘X को छम्मा’की गायिका श्रृजना खत्री ‘हाउडे माया’को नयाँ गीत सार्वजनिक भएको छ । अज्ञात \अल्विन थापा मगरको शब्द दिपक आरजेको संगीत रहेको ‘तैं मोरीलाई माया’ बोलको गीत गायिका खत्री र गायक केशव कठायतको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
बाबु श्रेष्ठको छायांकन र भिम विश्वकर्माको सम्पादन रहेको भिडियोमा मुकुन भूषाल र गीता शोवको अभिनय रहेको छ । डान्सिङ बिटमा निर्माण भएको गीतमा नेपाली मौलिकता झल्कीने शब्दको प्रयोग गरिएको छ ।
पछिल्लो समय बिषेशत युवा पुष्तामाझ चर्चामा रहकी गायिका हुन् श्रृजना खत्री हाउडेमाया, उनको यस बर्ष सार्वजनिक गीतहरु प्राय सबैनै चर्चामा रहेका छन् । जस मध्य सामाजिक संजालमा अत्याधिक चर्चामा रहेको गीत हो ‘मेरो Xको छम्मा’ । यस गीतको प्रशंसक र आलोचक प्रसस्तै देखिएपनि उनका फ्यानहरुले भने उनको यो गीतमाथी हजारौं टिकटक र टिका टिप्पणी गर्दै आएका छन् । यस बाहेक नौटंकी माया, डवल माया, लाहुरे माया लगायतका गीत सफल गीतहरु हुन् ।
प्रतिक्रिया