US Khabar

तिलक केसीले अध्यक्षमा उम्मेदवार दिने, सुधारका व्यापक योजना

- Admin | २ वर्ष पहिले प्रकाशित

तिलक केसीले अध्यक्षमा उम्मेदवार दिने,   सुधारका व्यापक योजना

गैरआवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा अध्यक्षका दाबेदारको रुपमा हेरिएका तिलक केसीले एनआरएनए अमेरिकामा भैरहेको अप्राकृतिक चलखेल र सिन्डिकेट अन्त्य गर्नेको लागी सदस्य बन्नको लागी समस्त अमेरिकावासी नेपालीलाइ आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति मार्फत केसीले मेम्बरसिप ड््रइभको नाममा नक्कली सदस्य बनाइ एनसीसी कब्जा गर्ने परम्पराले एनआरएनए अमेरिकाको छवि अन्तराष्ट््िरय रुपमै धुमिल बन्न पुगेको अवस्थामा संस्थाको शुद्धिकरणका जरुरी भएको भन्दै सबैले संस्थामा लागेर मात्र परिवर्तन गर्न सकिने दाबी गर्नु भएको छ ।

“एनआरएन फोहोरि भयो भनेर गाली गरेर समाधान निस्कन्न बरु सफा गर्ने आफै पसौँ ।” अपवित्र आर्थिक चलखेल र राजनीतिक प्रभावले एनआरएनएको मर्म मर्दै गएको छ, चुनावलाइ मात्र लक्षित गरि गतिबिधि संचालन गर्दा संस्थाको समग्र विकास सम्भव छैन । “हामी आजसम्म भोटर बन्यौँ अब सदस्य बन्नु जरुरि छ,” केसीले उल्लेख गर्नुभएको छ । आफै पैसा तिरेर सदस्य बनाउने र चुनाब कब्जा गर्ने रणनीति बिगतदेखी नै चलिआएको छ, यो परिपाटि रहुन्जेल संस्थाको प्रगति सम्भव छैन ।

गुट उपगुटले एनआरएनए अमेरिका थिल्थिलो भैसक्यो अब शुद्धिकरणमा ढिलाइ गर्नुहुन्न भन्ने अग्रह गर्दै केसीले सबैले सदस्यता लिइ सहि नेतृत्व चुन्ने अबसरको उपयोग गर्न आग्रह गर्नु भएको छ । एनआरएनए विदेशमा रहेका हामी समस्त नेपालीको गौरव र गरिमाको प्रतिक हो यस्तो प्रतिष्ठित संस्थालाइ थप प्रदुषित हुन नदिउँ भन्दै केसीले अमेरिकामा रहेका सबैखाले संस्थासंग हातेमालो गर्ने संस्था हुनाले स्थानिय समाजिक संघसंस्थाहरुले पनि सदस्यता अभियानमा साथ दिन आग्रह गर्नु भएको छ । सिन्डिकेट तोडौँ नेपाली जोडौँ भन्ने मुल नारा लिएका केसीले एक सक्षम एनआरएनए निर्माणको आफ्नो अभियानमा साथ दिन समग्र अमेरिकाबासी नेपालीलाइ आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!